६ महिनामा जीवन बीमा कम्पनीको बिजनेश २९.४३%ले बढ्यो, कस्को कति ? (सूचिसहित)



काठमाडौं । जीवन बीमा कम्पनीहरुले जीवन बीमा कम्पनीहरुको २९.४३ प्रतिशतले बीमा शुल्क संकलनमा वृद्धि भएको छ ।

गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा १३ अर्ब ९८ करोड रुपैयाँले बीमा शुल्क संकलन जीवन बीमा कम्पनीहरुले बढाएका हुन् ।

सञ्चालनमा रहका १९ वटा जीवन कम्पनीहरुले पुस मसान्तसम्म प्रथम बीमा शुल्क, नवीकरण बीमा शुल्क र बैदेशिक रोजगार बीमा शुल्क गरी गत आवको पुस मसान्तसम्म कुल ४७ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क संकलन गरको थिए । चालु आवको सोही अवधिमा कम्पनीहरुले कुल ६१ अर्ब ४८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा समितिले जनाएको छ ।

गत पुस मसान्तको तुलनामा चालु आवको पुस मसान्तसम्म २ वटा जीवन बीमा कम्पनीले बीमा शुल्क भने घटाएका छन् । जसमा राष्ट्रिय बीमा संस्थान र मेट लाइफ इन्स्योरेन्सले बीमा शुल्क संकलन घटाएका हुन् । जसमा गुराँस लाइफको बीमा शुल्क संकलनको विवरण भने चालु आवको मंसिर मसान्तसम्मको मात्र समावेश गरिएको छ ।

बीमा समितिद्वारा उपलब्ध तथ्यांकअनुसार गत आवको पुस मसान्तको तुलनामा प्रथम बीमा शुल्क ३३.८१ प्रतिशत र नवीकरण बीमा शुल्क ३३.९४ प्रतिशतले चालु आवको सोही अवधिमा वृद्धि भएको छ ।

तर, वैदेशिक रोजगार बीमा शुल्क भने गत आवको पुस मसान्तको तुलनामा ८७.७० प्रतिशतले घटेको छ ।

गत आवको पुस मसान्तमा जीवन बीमा कम्पनीहरुले १५ अर्ब २९ करोड रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेका थिए । जसमा ५ अर्ब १७ करोड रुपैयाँले थप गरेर चालु आवको पुस मसान्तसम्म २० अर्ब ४६ करोड रुपैयाँ पुर्याएका छन् ।

साथै, गत आवको पुस मसान्तमा ३० अर्ब ९९ करोड रुपैयाँ नविकरण बीमा शुल्क संकलन गरेका कम्पनीहरुले चालु आवको सोही अवधिमा १० अर्ब ५२ करोड रुपैयाँले थप गरी ४१ अर्ब ५१ करोड रुपैयाँ पुर्याएका छन् ।

चालु आवको पुस मसान्तसम्म ३ वटा जीवन बीमा कम्पनीले गत आवको सोही अवधिको तुलनामा शतप्रतिशत बढीले व्यवसाय बढाएका छन् । जसमा रिलाइन्स लाईफले १ सय ७२.०९ प्रतिशत, सानिमा लाइफले १ सय ४२.५० प्रतिशत र प्रभु लाइफले १ सय १०.५० प्रतिशतले बीमा शुल्क थप गरेका हुन् ।

यसैगरी, ५ वटा कम्पनीले ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म, अन्य कम्पनीले ५० प्रतिशतभन्दा तल गत पुस मसान्तको तुलनामा चालु आवको पुस मसान्तमा बीमा शुल्क वृद्धि गरेका छन् ।

यस्तो छ जीवन बीमा कम्पनीहरुको प्रगति

रिलायन्स लाइफ इन्स्योरेन्स: सो अवधिमा सबैभन्दा बढी बीमा शुल्क वृद्धि गर्नेमा रिलायन्स लाइफ रहेको छ । कम्पनीले गत आवको पुस मसान्तमा ४३ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेकोमा चालु आवको सोही अवधिमा ७४ करोड रुपैयाँ थप गरी १ अर्ब १७ करोड रुपैयाँ पुर्याएको छ ।

कम्पनीले गत पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा प्रथम बीमा शुल्क १ सय २०.६९ प्रतिशत अर्थात् ३५ करोड रुपैयाँले बढाएर ६४ करोड रुपैयाँ पुर्याएको छ ।

साथै नवीकरण बीमा शुल्क समेत २ सय ७८.५७ प्रतिशत अर्थात् ३९ करोड रुपैयाँले वृद्धि गरेर ५३ करोड रुपैयाँ पुर्याएको छ ।

सानिमा लाइफ इन्स्योरेन्सः सानिमा लाइफले गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा १ सय ४२.५० प्रतिशत अर्थात् ५७ करोड रुपैयाँ बीमा शुल्क थप गरेको छ । कम्पनीले गत आवको पुस मसान्तमा २८ करोड रुपैयाँ प्रथम र १२ करोड रुपैयाँ नवीकरण गरी ४० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

जसमा चालु आवको सोही अवधिमा ३६ करोड रुपैयाँ प्रथम बीमा शुल्क र २१ करोड रुपैयाँ नवीरण बीमा शुल्क थप गरी कुल ९७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

प्रभु लाइफ इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तमा २० करोड रुपैयाँ प्रथम बीमा शुल्क र १० करोड रुपैयाँ नवीकरण बीमा शुल्क गरी ३० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो ।

जसमा चालु आवको पुस मसान्तमा आइपुग्दा कम्पनीले प्रथम बीमा शुल्क १९ करोड रुपैयाँ र नवीरण बीमा शुल्क १४ करोड रुपैयाँ थप गरी कुल ६३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत आवको पुस मसान्तको तुलनामा १ सय १० प्रतिशतले कुल बीमा शुल्क संकलन थप गरेको हो ।

ज्योति लाइफ इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तको तुलनामा ९४.५९ प्रतिशत अर्थात् ७० करोड रुपैयाँले बीमा शुल्कमा वृद्धि चालु आवको सोही अवधिमा गरेको छ । गत आवको पुस मसान्तमा कम्पनीले ५१ करोड रुपैयाँ प्रथम र २३ करोड रुपैयाँ नवीकरण गरी ७४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

जसमा चालु आवको सोही अवधिमा कम्पनीले ३८ करोड रुपैयाँ प्रथम र ३२ करोड रुपैयाँ नवीकरण बीमा शुल्क थप गरी कुल १ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

सन लाइफ इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा ७६.७९ प्रतिशत अर्थात् ४३ करोड रुपैयाँले बीमा शुल्कमा वृद्धि गरेको छ । गत आवको पुस मसान्तमा कम्पनीले ३४ करोड रुपैयाँ प्रथम र २२ करोड रुपैयाँ नवीकरण गरी ५६ करोड रुपेयाँ बीमा शुल्क संकलन गरेको थियो ।

जसमा चालु आवको सोही अवधिमा कम्पनीले १३ करोड रुपैयाँ प्रथम र २४ करोड रुपैयाँ नवीकरण बीमा शुल्क थप गरी कुल ९९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । चालु आवमा कम्पनीले ६ करोड रुपैयाँ वैदेशिक बीमा शुल्क समेत संकलन गरेको छ ।

महालक्ष्मी लाइफ इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा ६४.२९ प्रतिशत अर्थात् १८ करोड रुपैयाँ बीमा शुल्क थप गरेको छ । कम्पनीले गत आवको पुस मसान्तमा २८ रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको थियो ।

जसमा चालु आवको सोही अवधिमा ३४ करोड रुपैयाँ प्रथम बीमा शुल्क र १२ करोड रुपैयाँ नवीकरण बीमा शुल्क गरी कुल ४६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

सिटिजन्स लाइफ इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा ५२.११ प्रतिशत अर्थात् ३७ करोड रुपैयाँ बीमा शुल्क थप गरेको छ । कम्पनीले गत आवको पुस मसान्तमा २८ रुपैयाँ प्रथम बीमा शुल्क र २० करोड रुपैयाँ नवीकरण गरी कुल ७१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

जसमा चालु आवको सोही अवधिमा २२ करोड रुपैयाँ प्रथम बीमा शुल्क र ४५ करोड रुपैयाँ नवीकरण बीमा शुल्क थप गरी कुल १ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साथै कम्पनीले चालु आवको पुस मसान्तसम्म ६ करोड रुपैयाँ वैदेशिक बीमा शुल्क समेत संकलन गरेको छ ।

आइएमई लाइफ इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा ५१.७२ प्रतिशत अर्थात् ३० करोड रुपैयाँले बीमा शुल्कमा वृद्धि गरेको छ ।

गत आवको पुस मसान्तमा कम्पनीले ४० करोड रुपैयाँ प्रथम र १८ करोड रुपैयाँ नवीकरण गरी ५८ करोड रुपैयाँ नवीकरण बीमा शुल्क संकलन गरेको थियो । जसमा चालु आवको सोही अवधिमा कम्पनीले ४ करोड रुपैयाँ प्रथम र २६ करोड रुपैयाँ नवीकरण बीमा शुल्क थप गरी कुल ८८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

सुर्या लाइफ इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा ४४.९४ प्रतिशत अर्थात् ७१ करोड रुपैयाँले बीमा शुल्कमा वृद्धि गरेको छ ।

गत आवको पुस मसान्तमा कम्पनीले ४३ करोड रुपैयाँ प्रथम र ६९ करोड रुपैयाँ नवीकरण गरी १ अर्ब ५८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । साथै कम्पनीले गत वर्षको पुस मसान्तसम्म ४६ करोड रुपैयाँ वैदेशिक बीमा शुल्क समेत संकलन गरेको थियो ।

चालु आवको सोही अवधिमा कम्पनीले ७३ करोड रुपैयाँ प्रथम र ४४ करोड रुपैयाँ नवीकरण बीमा शुल्क थप गरी कुल २ अर्ब २९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

प्राइम लाइफ इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा ४३.२६ प्रतिशत अर्थात् ६१ करोड रुपैयाँले बीमा शुल्कमा वृद्धि गरेको छ ।

गत आवको पुस मसान्तमा कम्पनीले ४८ करोड रुपैयाँ प्रथम र ९३ करोड रुपैयाँ नवीकरण गरी १ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

जसमा चालु आवको सोही अवधिमा कम्पनीले २३ करोड रुपैयाँ प्रथम र ३८ करोड रुपैयाँ नवीकरण बीमा शुल्क थप गरी कुल २ अर्ब २ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा ४०.२५ प्रतिशत अर्थात् १ अर्ब ५९ करोड रुपैयाँले बीमा शुल्कमा वृद्धि गरेको छ ।

गत आवको पुस मसान्तमा कम्पनीले १ अर्ब रुपैयाँ प्रथम र २ अर्ब ७१ करोड रुपैयाँ नवीकरण गरी ३ अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । साथै सो अवधिमा कम्पनीले २४ करोड रुपैयाँ वैदेशिक रोजगार बीमा शुल्क समेत संकलन गरेको थियो ।

जसमा चालु आवको सोही अवधिमा कम्पनीले ८५ करोड रुपैयाँ प्रथम र ९७ करोड रुपैयाँ नवीकरण बीमा शुल्क थप गरी कुल ५ अर्ब ५४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । गत आवको भन्दा कम्पनीको वैदेशीक बीमा शुल्क संकलन भने २३ करोड रुपैयाँले घटेर १ करोड रुपैयाँमा सीमित भएको छ ।

एशियन लाइफ इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा ३९.८२ प्रतिशत अर्थात् ९० करोड रुपैयाँले बीमा शुल्कमा वृद्धि गरेको छ ।

गत आवको पुस मसान्तमा कम्पनीले ८६ करोड रुपैयाँ प्रथम र १ अर्ब ४० करोड रुपैयाँ नवीकरण गरी २ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

जसमा चालु आवको सोही अवधिमा कम्पनीले ३१ करोड रुपैयाँ प्रथम र ५९ करोड रुपैयाँ नवीकरण बीमा शुल्क थप गरी कुल ३ अर्ब १६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

युनियन लाइफ इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा ३६.९३ प्रतिशत अर्थात् ८९ करोड रुपैयाँले बीमा शुल्कमा वृद्धि गरेको छ ।

गत आवको पुस मसान्तमा कम्पनीले १ अर्ब ४२ करोड रुपैयाँ प्रथम र ७७ करोड रुपैयाँ नवीकरण गरी २ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो । साथै, सो अवधिमा कम्पनीले २२ करोड रुपैयाँ वैदेशिक रोजगार बीमा शुल्क समेत संकलन गरेको थियो ।

जसमा चालु आवको सोही अवधिमा कम्पनीले ३४ करोड रुपैयाँ प्रथम र ७७ करोड रुपैयाँ नवीकरण बीमा शुल्क थप गरी कुल ३ अर्ब ३० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा २६.२२ प्रतिशत अर्थात् ३ अर्ब ६६ करोड रुपैयाँले बीमा शुल्कमा वृद्धि गरेको छ ।

गत आवको पुस मसान्तमा कम्पनीले ४ अर्ब १ करोड रुपैयाँ प्रथम र ९ अर्ब ९५ करोड रुपैयाँ नवीकरण गरी १३ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

जसमा चालु आवको सोही अवधिमा कम्पनीले ६६ करोड रुपैयाँ प्रथम र २ अर्ब ९८ करोड रुपैयाँ नवीकरण बीमा शुल्क थप गरी कुल १७ अर्ब ६२ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । चालु आवको पुस मसान्तसम्म कम्पनीले २ करोड रुपैयाँ वैदेशिक बीमा शुल्क समेत संकलन गरेको छ ।

लाइफ इन्स्योरेन्स कर्पोरेसनः कम्पनीले गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा २४.९७ प्रतिशत अर्थात् १ अर्ब ९२ करोड रुपैयाँले बीमा शुल्कमा वृद्धि गरेको छ ।

गत आवको पुस मसान्तमा कम्पनीले १ अर्ब ७० करोड रुपैयाँ प्रथम र ५ अर्ब ९९ करोड रुपैयाँ नवीकरण गरी ७ अर्ब ६९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

जसमा चालु आवको सोही अवधिमा कम्पनीले ३५ करोड रुपैयाँ प्रथम र १ अर्ब ५७ करोड रुपैयाँ नवीकरण बीमा शुल्क थप गरी कुल ९ अर्ब ६१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

रिलायवल लाइफ इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा २४.०७ प्रतिशत अर्थात् २६ करोड रुपैयाँले बीमा शुल्कमा वृद्धि गरेको छ ।

गत आवको पुस मसान्तमा कम्पनीले ६० करोड रुपैयाँ प्रथम, १८ करोड रुपैयाँ नवीकरण र ३० करोड रुपैयाँ वैदेशिक रोजगार बीमा शुल्क गरी १ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

जसमा चालु आवको सोही अवधिमा कम्पनीले ३६ करोड रुपैयाँ प्रथम र २० करोड रुपैयाँ नवीकरण बीमा शुल्क थप गरी कुल १ अर्ब ३४ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

मेट लाइफ इन्स्योरेन्सः कम्पनीले गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा १४.२३ प्रतिशत अर्थात् ३४ करोड रुपैयाँले बीमा शुल्क घटेको छ ।

गत आवको पुस मसान्तमा कम्पनीले ९२ करोड रुपैयाँ प्रथम र १ अर्ब ४७ करोड रुपैयाँ नवीकरण गरी २ अर्ब २९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको प्रथम बीमा शुल्क र नवीकरण बीमा शुल्क संकलन दुबै घटेको छ ।

गत आवको पुस मसान्तमा भन्दा कम्पनीले चालु आवको सोही अवधिमा २६ करोड रुपैयाँले प्रथम र ८ करोड रुपैयाँले नवीकरण बीमा शुल्क घटाएर २ अर्ब ५ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन सीमित गरेको हो ।

राष्ट्रिय बीमा संस्थानः कम्पनीकोे गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा ५.१५ प्रतिशत अर्थात् ३० करोड रुपैयाँले बीमा शुल्क घटेको छ ।

गत आवको पुस मसान्तमा कम्पनीले ८० करोड रुपैयाँ प्रथम र ५ अर्ब ३ करोड रुपैयाँ नवीकरण गरी ५ अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

गत आवको पुस मसान्तको तुलनामा चालु आवको सोही अवधिमा कम्पनीको प्रथम बीमा शुल्क संकलन ३१ करोड रुपैयाँले घटेको छ ।

तर सोही अवधिमा कम्पनीको नवीकरण बीमा शुल्क भने २९ करोड रुपैयाँले बढेको छ ।

कम्पनीले चालु आवको सोही अवधिमा ४९ करोड रुपैयाँ प्रथम र ५ अर्ब ३२ करोड रुपैयाँले नवीकरण बीमा गरेर कुल २ अर्ब ५३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।


पुष्प दुलाल