२४ सय करोड खर्चेर तमिलनाडुमा इलेक्ट्रिक स्कुटर कारखाना स्थापना हुँदै, २० लाख युनिट उत्पादन



एजेन्सी । पछिल्ला दिनमा क्रमशः विद्युतीय सवाी तर्फ आकर्षित हुँदै गएको भारतीय समाजलाई बल मिल्ने गरी तामिलनाडुमा सबैभन्दा ठूलो कारखाना निर्माण गरिने भएको छ ।

कूल १० हजार मानिसलाई नयाँ रोजगारी दिने लक्ष्यका साथ विद्युतीय स्कुटर निर्माण गर्ने कारखाना स्थापना गर्न लागिएको हो । भारतीय सञ्चार माध्यमहरुका अनुसार उक्त कारखना दक्षिण एशियाकै सबैभन्दा ठूलो कारखाना समेत हुने बताइएको छ ।

ओलाले सिमेन्ससँग साझेदारी गरेर सो कारखाना स्थापान गर्न लागेको हो । त्यसका लागि २४०० करोड भारतीय रुपैयाँ लगानी हुने भएको छ । कारखानामा कूल ५ हजार रोबोटले समेत काम गर्नेछ ।

बुधबार मात्रै ओलाले तालिमनाडुमा एडभान्स इभी उत्पादन गर्ने प्लान्ट लगाउने विषयमा समझदारी भएको हो । गत महिना मात्रै ओलाले तामिलनाडु सरकारसँग अनुमति लिएको थियो ।

प्लान्ट लगाउने र त्यसका लागि २४०० करोड खर्च गर्ने लक्ष्य राखेर सम्झौता समेत भएको छ । सो कारखानाबाट वार्षिक २० लाख यूनिट दुई पांग्रे विद्युतीय सवारी उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

सो यनिटलाई विश्वव्यापी म्यानुफ्याक्चरिङ हबको रुपमा विकास गर्ने लक्ष्य समेत राखिएको छ । भारतका अलावा यूरोप, बेलायत, ल्याटिन अमेरिका, अष्टे«लिया तथा न्यूजील्याण्ड जसता देशको बजार तथा त्यसका ग्राहकलाई समेत सोही प्लान्टबाट उत्पादित सवारी साधन विक्री गर्ने लक्ष्य राखिएको छ ।

कारखानामा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिमा आधारित रहेर काम गरिनेछ । जसमा उत्पादनको हरतरहले सुक्षम निरीक्षण गरिनेछ । अटोमेशन तथा क्वालिटीमा कुनै सम्झौता नगरिने ओलाले जनाएको छ ।


पुष्प दुलाल