पर्यटक नआएपछि ३२ हजार टनको लग्जरी पानीजहाज कबाडीमा बिक्री गरिँदै, मूल्य १ अर्ब ६० करोड
एजेन्सी । आरामदायी पानीजहाजमा बसेर समुन्द्र हेर्दै रमाउनु पर्यटकका लागि अर्को आनन्दको विषय हो । नेपाल जस्ता समुन्द्र नभएका देशका नागरिकका लागि त झन् समुन्द्रमा पुग्नु नै अर्को खुसीको कुरा हो ।
तर कोरोनाको महामारीका कारण पानीजहाज व्यवसायमा समेत उत्तिकै संकट देखा पर्यो ।
विशेष गरी पर्यटकीय प्रयोजनाका लागि चलाइएका पानीजहाज विगत १ वर्षदेखि बन्द हुँदा त्यसको मार सबैभन्दा बढी लगानीकर्तालाई परेको छ । पानीजहाजमा काम गर्ने कामदार तथा कर्मचारी पनि उत्तिकै मारमा परेका छन् ।
कमाई छैन, खर्च उत्तिकै छ । जसका कारण निराशा बढ्दै गएको छ । मानिसले जीवनमा हरे खाएपनि चरेश खानुहुन्न भन्ने नेपाली उखान त छ । तर वाध्यता आइपरेपछि कसैको केही लाग्दो रहेनछ ।
भएको पनि यस्तै छ । कोरोनाका कारण लामो समयदेखि जहाज बन्द भएपछि त्यसलाई बन्द गर्ने मात्रै होइन, बन्दरगाहमा रहेका जहाजलाई अब तोडफोड गरेर कबाडीमा बिक्री गर्ने तयारी समेत गरिएको समाचार आएको छ । यो समाचार अन्यत्रको होइन, छिमेकी देश भारतको हो ।
आर्थिक मन्दीका कारण असाध्यै आरामदायी मानिएको लग्जरी क्रुजलाई कबाडीमा बिक्री गर्न लागिएको हो । यस आर्थिक वर्षमा मात्रै त्यस्ता ५ आरामदायी क्रुज तोडफोड गर्ने सम्झौता भएको छ ।
यस्तै, थप ४ वटा पर्यटकीय पानीजहाज समेत तोडफोड गरेर कबाडीमा बिक्री गर्ने तयारी गरिएको छ । महामारीका कारण औसतमा असाध्यै कम मात्रै यात्री आए । लामो समयसम्म त समुन्द्री किनारमा पानीजहाज घाम तापेर बस्यो ।
कुनै कमाई नै भएन । जानकारी अनुसार लक्जरी क्रुजको कूल वजन १४ हजारदेखि ३२ हजार टनको बीचमा रहने गरेको छ । कबाडीमा बिक्री गर्न लागिएको एउटा क्रुजको मूल्य त्यस्तै १०० करोड भारतीय रुपैयाँ बराबर हुने बताइन्छ ।
कोरोनाका कारण पर्यटन उद्योग धरापमा परेपछि लग्जरी क्रुजलाई कबाडमिा बिक्री गर्न लागिएको हो । त्यससम्बन्धी सम्झौतामा हस्ताक्षर समेत भइसकेको छ । जानकारी अनुसार पछिल्लो केही महिनादेखि ५ वटा क्रुजलाई कबाडीमा बिक्रीका लागि सम्झौता भएको छ ।
आगामी एकदेखि दुई महिना भित्र थप ४ वटा लग्जरी क्रुजलाई पनि कबाडीमा बिक्री गर्ने तयारी गरिएको छ ।
श्रीराम ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष मुकेश पटेलका अनुसार क्रुजमा फर्नीचर, विद्युतीय सामग्री, डेकोरेशनसहित असाध्यै बहुमूल्य सामग्री समेत रहन्छन् ।
उनको कम्पनीले जलेश कम्पनकिो क्रुजलाइन कर्णिकालाई ८० करोड भारुमा खरिद गरेको थियो । सो जहाजलाई पूर्ण रुपमा तोफेड गरेर कबाडीमा बिक्री गरिनेछ ।
सन् १९८० मा पानीजहाज फुटाउनका लागि कुनै मजदुर पाइदैन थियो । सन् १९८३ मा जम्मा १३ मजदुर मात्रै थिए, सो कामका लागि ।
तर आज गुजरातमा मात्रै २० हजार बढी मजदुरलाई काम मिलेको छ । त्यहाँ हरेक वर्ष साना ठूला गरी २५० वटा जहाज फुटाएर बिक्री गर्ने गरिएको छ ।