जग्गा किर्ते गरी ७२ लाख ठग्ने मालपोत कार्यालय कलंकीका कर्मचारी पक्राउ



काठमाडौं । जग्गा किर्ते गरी बिक्री गरेर ७२ लाख रुपैयाँ ठगी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालय कलंकीमा नायव सुब्बा र शाखा अधितकृत रहेका छन् ।

नुवाकोट जिल्ला ककनी गाउँपालिका-८ का नायव सुब्बा नारायण श्रेष्ठ र तत्काल सोही कार्यालयका शाखा अधितकृत काठमाडौं जिल्ला टोखा नगरपालिका–४ का दिपक दाहाल रहेका छन् ।

उनीहरुले मीना खड्काको नामको साविक थानकोट-५ को क्षेत्रफल १ रोपनी ४ आना जग्गालाई खड्का बेल्जियम रहेको बेलामा नक्कली मीना खड्का बनी नक्कली जग्गाधनी पुर्जा र नागरिकता देखाई जग्गा बिक्री गरेका थिए । उक्त रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।


क्लिकमान्डु