लाभांशको नाममा महिला सहयात्राले लगानीकर्तालाई बनायो अन्योल, नेप्सेले स्पष्टिकरण सोध्ने
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लगानीकर्तालाई लाभांश वितरणको नाफामा अन्योलता सिर्जना गरेको छ ।
संस्थाले लगानीकर्तालाई आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १०.५३ प्रतिशत लाभांश दिने भन्दै अन्योलता सिर्जना गरेको छ ।
कम्पनीले २०७६/०७७ सञ्चित मुनाफाबाट लाभांश दिनुपर्नेमा चालु आवकै सञ्चित मुनाफाबाट लाभांश दिने भनेको छ ।
संस्थाले चालु आवको सञ्चित मुनाफाबाट लाभांश दिने भनेर लगानीकर्तालाई अन्योल बनाउन खोजेपछि नेप्सेले पनि संस्थालाई स्पष्टिकरण सोध्ने भएको छ ।
संस्थाले माघ ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने १ करोड ३३ लाख १० हजार रुपैयाँ बराबरको बोनस सेयर र सोमा लाग्ने कर वापत ०.५३ प्रतिशत प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले घोषणा गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् भनिएको छ ।