वाइडेनको सत्तारोहणपछि संसारभरको सेयर बजारमा उभार, बेञ्चमार्क यूएस क्रुड समेत उकालो लाग्यो



एजेन्सी । अमेरिकामा नयाँ राष्ट्रपति जो बाइडेनले पद तथा गोपनियताको शपथ लिएपछि संसारभरको सेयर बजारमा नयाँ उभार देखिएको छ । मलेसियन सेयर बजार र ताइवानको ताइसेक्स बाहेक अन्यको सेयर बजारमा चर्को उभार देखिएको छ ।

यो समाचार सामग्री तयार पार्दासम्म जापानको निक्की ०.७२ ले उकालो लागेको छ । यस्तै अष्टे«लिया, दक्षिण कोरिया सेयर बजारमा समेत उल्लेख्य वृद्धि भएको छ । हङकङको हाङ सेङमा ०.१२ ले सुधार भएको छ ।

यस्तै सांघाईको सेयर बजारमा ०.९८ को सुधार देखिएको छ । मलेसियन सेयर बजार ०.२५ ले ओरालो लागेको छ ।

संसारभरकै सेयर बजारले जो वाइडेनलाई स्वागत गरेको छ । यसअघि डोनाल्ड ट्रम्प राष्ट्रपति भएर आउँदा समेत बजारले स्वागत गरेको थियो । तर उनको कार्यकालमा विवादित निर्णयहरु हुन थालेपनि बजार अस्थीर बन्न पुगेको थियो ।

एक अन्तर्राष्ट्रिय अध्ययन संस्था सिएफआरएका अनुसार जो वाइडेनको चुनावी तथा शपथ ग्रहणसम्म आइपुग्दा अमेरिकी सेयर बजार समेत १३ प्रतिशतले उकालो लागेको छ ।

राष्ट्रपतिको मतदान तथा चुनावी परिणामपछि अमेरिकी सेयर बजारमा देखिएको वृद्धि हालसम्मकै उच्च रहेको उत्तः संस्थाले जनाएको छ ।

कोरोनाका कारण प्रभावित अमेरिकी नागरिकलाई राहत स्वरुद्ध १.९ ट्रिलियन डलर बराबरको राहत प्याकेज घोषणा गरिएको छ । सो राहत प्याकेजले पनि बजारमा नयाँ उभार ल्याएको छ ।

यस्तै ऊर्जा क्षेत्र तर्फ बेञ्चमार्क यूएस क्रुड सिएलजि २१ म पनि ०.५७ प्रतिशतले वृद्धि भएको छ । २६ सेण्टले उकालो लागेर प्रतव्यिारेल ५३.२४ अमेरिकी डलर पुगेको छ । ब्रेन्ट क्रुड भने ०.४५ ले घटेको छ ।

एउटा मान्छेको सत्तारोहणले संसारभर नै के कति मात्रामा फरक पार्दछ भन्ने यस घटनाले देखाउँछ ।

वाइडेनले बुधबार मात्रै राष्ट्रपतिको शपथ लिएका हुन् । शपथपछि डोनाल्ड ट्रम्पले खारेज गरेका विभिन्न १६ आदेशलाई उनले पुनः स्थापित गरेका छन् ।


पुष्प दुलाल