६ महिनामा बैंकहरुको बिजनेश: एनआइसी, प्रभु र सिभिलको छलाङ, पछिपछि सिटिजन्स, सेञ्चुरी र माछापुच्छ्रे



काठमाडौं । कोरोना कहरकै बीच पनि पछिल्लो ६ महिनामा बैंकहरुले व्यवसाय विस्तारमा राम्रै प्रगति गरेका छन् ।

२०७७ असार मसान्तको तुलनामा ०७७ पुस मसान्तमा अधिकांश वाणिज्य बैंकहरुको प्रगति सन्तोषजनक नै देखिन्छ । तर यो अवधिमा ३ वटा बैंकको निक्षेप र २ वटा बैंकको कर्जा घटेको छ ।

वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघद्वारा उपलब्ध तथ्यांकअनुसार गत असारको तुलनामा २४ वटा वाणिज्य बैंकले निक्षेप संकलन बढाएका छन् भने २५ वटाले कर्जा प्रवाह बढाएका हुन् ।

निक्षेप र कर्जा बढाउनेको सुचीमा अग्रस्थानमा एनआइसी एशिया बैंक छ । यो सिभिल बैंकले समेत उल्लेख्य मात्रामा व्यवसाय विस्तार गरेको छ ।

एनसीसी र प्रभु बैंक पनि निक्षेप र कर्जा दुबै बढाउने बैंकहरुको सूचिमा अग्रस्थानमै छन् ।

नेपाल बैंकर्स संघद्वारा उपलब्ध तथ्यांकअनुसार गत असारको तुलनामा २४ वटा वाणिज्य बैंकले निक्षेप संकलन बढाएका छन् भने २५ वटाले कर्जा प्रवाह बढाएका हुन् ।

सो अवधिमा १० वटा बैंकले १० प्रतिशतदेखि ३२ प्रतिशत, १२ वटा बैंकले १ प्रतिशतदेखि १० प्रतिशतसम्म र ३ वटा बैंकले ०.३१ प्रतिशतदेखि १.५४ प्रतिशतसम्म गत असारको भन्दा पुस मसान्तमा निक्षेप संकलन वृद्धि गरेका छन् ।

साथै, गत असार मसान्तको तुलनामा १७ वटा बैंकले १० प्रतिशतदेखि ३५ प्रतिशतसम्म, ९ वटा बैंकले १ प्रतिशतदेखि १० प्रतिशतसम्म कर्जा प्रवाह बढाएका छन् ।

कुन बैंकको प्रगति कस्तो ?

एनआईसी एशियाको छलाङ: केही वर्षयता आक्रमक बजार विस्तारको रणनीति लिएको एनआइसी एशिया बैंक यो अवधिमा झनै आक्रमक देखिएको छ । बैंकले गत असार मसान्तको व्यवसायको आकारलाई पुस मसान्तमा ३१.५२ प्रतिशभन्दा बढाएको छ ।

बैंकले गत असार मसान्तसम्म २ खर्ब १० अर्ब ८४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । जसमा बैंकले चालु आर्थिक वर्षको पुस मसान्तमा ३१.५२ प्रतिशत अर्थात् ६६ अर्ब ४६ करोड रुपैयाँले थप गरी २ खर्ब ७७ अर्ब ३० करोड रुपैयाँ पुर्याएको छ ।

साथै, सो अवधिमा बैंकले कर्जा प्रवाह समेत ३४.१५ प्रतिशतले वृद्धि गरेको छ । बैंकले गत असार मसान्तमा १ खर्ब ७३ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा आइपुग्दा ३४.१५ प्रतिशत अर्थात् ५९ अर्ब ३४ करोड रुपैयाँ थप कर्जा बढाएर २ खर्ब ३३ अर्ब ८ करोड रुपैयाँ पुर्याएको छ ।

बैंकले असार मसान्तमा पहिलो र दोस्रो स्थानमा रहेका राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकलाई पछाडि पारेर बैंक निक्षेपको आधारमा पहिलो स्थानमा पुगेको हो । साथै, गत असार मसान्तमा कर्जा प्रवाहमा पहिलो स्थानमा रहेको ग्लोबल आइएमई बैंकलाई पछि पारेर कर्जा प्रवाहको आधारमा पहिलो स्थानमा पुगेको छ ।

सिभिल बैंकः बैंकले गत असार मसान्तमा ६० अर्ब १४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा २९.२५ प्रतिशत अर्थात् १७ अर्ब ५९ करोड रुपेयाँले बढेर ७७ अर्ब ७३ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, बैंक गत असार मसान्तमा ५३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा २६.३४ प्रतिशत अर्थात् १४ अर्ब १८ करोड रुपैयाँ थप गरेर ६८ अर्ब १ करोड रुपैयाँ पुर्याएको छ ।

एनसीसी बैंकः एनसीसी बैंकले गत असार मसान्तमा ७९ अर्ब ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले पुस मसान्तसम्म आइपुग्दा २८.३९ प्रतिशत अर्थात् २२ अर्ब ६० करोड रुपैयाँले निक्षेप थप गरी १ खर्ब २ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, बैंक गत असार मसान्तमा ६९ अर्ब ३५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १९.४१ प्रतिशत अर्थात् १३ अर्ब ४६ करोड रुपैयाँ थप गरेर ८२ अर्ब ८१ करोड रुपैयाँ पुर्याएको छ ।

प्रभु बैंकः प्रभु बैंकले गत असार मसान्तमा १ खर्ब ३६ अर्ब ५२ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले पुस मसान्तसम्म आइपुग्दा २४.६९ प्रतिशत अर्थात् ३३ अर्ब ७१ करोड रुपैयाँले निक्षेप थप गरी १ खर्ब ७०अर्ब २३ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, बैंक गत असार मसान्तमा १ खर्ब २४ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा २५.४९ प्रतिशत अर्थात् २६ अर्ब २८ करोड रुपैयाँ थप गरेर १ खर्ब २९ अर्ब ३८ करोड रुपैयाँ पुर्याएको छ ।

सेञ्चुरी बैंकः सेञ्चुरी बैंकले गत असार मसान्तमा ७० अर्ब ३६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले पुस मसान्तसम्म आइपुग्दा २२.५८ प्रतिशत अर्थात् १५ अर्ब ८९ करोड रुपैयाँले निक्षेप थप गरी ८६ अर्ब २५ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, बैंक गत असार मसान्तमा ६१ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १७.८७ प्रतिशत अर्थात् १० अर्ब ९२ करोड रुपैयाँ थप गरेर ७२ अर्ब ३ करोड रुपैयाँ पुर्याएको छ ।

सिटिजन्स बैंकः चालु आवको पुस मसान्तसम्म सिटिजन्स बैंकले १ खर्ब ७ अर्ब  ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी  ९१ अर्ब ५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकले गत असार मसान्तको भन्दा १६.९५ प्रतिशत अर्थात् १५ अर्ब ५३ करोड रुपैयाँ निक्षेप र १२.०६ प्रतिशत अर्थात् ९ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह थप गरेको हो ।

माछापुच्छ्रे बैंकः  बैंकले गत असार मसान्तसम्म १ खर्ब ६ अर्ब ७४ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले ६ महिनामा १३.६२ प्रतिशतले निक्षेप संकलन बढाएर १ खर्ब २१ अर्ब २८ करोड रुपैयाँ पुर्याएको छ ।

साथै गत असार मसान्तमा बैंकले ९४ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा पुस मासान्तमा १३.३६ प्रतिशतले बढाएर १ खर्ब ७ अर्ब १६ करोड रुपैयाँ पुर्याएको छ ।

सिद्धार्थ बैंकः गत असार मसान्तसम्म सिद्धार्थ बैंकले १ खर्ब ४५ अर्ब ९४ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा पुस मसान्तमा ११.०२ प्रतिशतले बढाएर १ खर्ब ६२ अर्ब २ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, गत असार मासन्तमा १ खर्ब २७ अर्ब ४९ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा पुस मसान्तमा १३.०४ प्रतिशतले बढाएर १ खर्ब ४४ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ ।

ग्लोबल आइएमई बैंकः बैंकले गत असार मसान्तमा २ खर्ब २६ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा पुस मसान्तमा १०.८८ प्रतिशतले बढाएर २ खर्ब ५१ अर्ब २९ करोड रुपैयाँ पुर्याउको छ । साथै, गत असार मसान्तमा १ खर्ब ९९ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेकोमा ग्लोबलले पुस मासान्तमा ७. ८५ प्रतिशतले बढाएर २ खर्ब १५ अर्ब ६८ करोड रुपैयाँ पुर्याएको छ ।

एनएमबि बैंकः गत असार मसान्तमा एनएमबि बैंकले १ खर्ब ३४ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा पुस मसान्तमा आइपुग्दा १०.८४ प्रतिशतले बढाएर १ खर्ब ४९ अर्ब ४२ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, बैंकले गत असार मसान्तमा १ खर्ब २१ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १७.९७ प्रतिशतले बढाएर १ खर्ब ४३ अर्ब ६५ करोड रुपैयाँ पुर्याएको छ ।

नेपाल बैंकः गत असार मसान्तमा नेपाल बैंकले १ खर्ब ४२ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा पुस मसान्तमा आइपुग्दा ५.७६ प्रतिशतले बढाएर १ खर्ब ५१ अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, बैंकले गत असार मसान्तमा १ खर्ब ७ अर्ब ८१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १३.८५ प्रतिशतले बढाएर १ खर्ब २२ अर्ब ७४ करोड रुपैयाँ पुर्याएको छ ।

नबिल बैंकः गत असार मसान्तमा नबिल बैंकले १ खर्ब ९३ अर्ब ३ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा पुस मसान्तमा आइपुग्दा ५.४३ प्रतिशतले बढाएर २ खर्ब ३ अर्ब ५२ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले गत असार मसान्तमा १ खर्ब ५३ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १६.६८ प्रतिशतले बढाएर १ खर्ब ७८ अर्ब ५३ करोड रुपैयाँ पुर्याएको छ ।

लक्ष्मी बैंकः गत असार मसान्तमा लक्ष्मी बैंकले १ खर्ब १ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा पुस मसान्तमा आइपुग्दा ५.२२ प्रतिशतले बढाएर १ खर्ब ६ अर्ब ४४ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, बैंकले गत असार मसान्तमा ९० अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ५.०७ प्रतिशतले बढाएर ९५ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ ।

हिमालयन बैंकः गत असार मसान्तमा हिमालयन बैंकले १ खर्ब ३१ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ५. १० प्रतिशतले बढाएर १ खर्ब ३८ अर्ब ५९ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, बैंकले गत असार मसान्तमा १ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ६.८५ प्रतिशतले बढाएर १ खर्ब १५ अर्ब २८ करोड रुपैयाँ पुर्याएको छ ।

प्राइम बैंकः गत असार मसान्तमा प्राइम बैंकले १ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ४.७० प्रतिशतले बढाएर १ खर्ब ३५ अर्ब ५९ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले गत असार मसान्तमा १ खर्ब  १४ अर्ब  ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ९.०४ प्रतिशतले बढाएर १ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ पुर्याएको छ ।

एभरेष्ट बैंकः गत असार मसान्तमा एभरेष्ट बैंकले १ खर्ब ४४ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ४.५७ प्रतिशतले बढाएर १ खर्ब ५१ अर्ब ३३ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, बैंकले गत असार मसान्तमा १ खर्ब १८ अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ०.९४ प्रतिशतले बढाएर १ खर्ब १९ अर्ब ८३ करोड रुपैयाँ पुर्याएको छ ।

कुमारी बैंकः गत असार मसान्तमा कुमारी बैंकले १ खर्ब २४ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ४.५३ प्रतिशतले बढाएर १ खर्ब २९ अर्ब ८५ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, बैंकले गत असार मसान्तमा १ खर्ब १५ अर्ब १४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ४.५८ प्रतिशतले बढाएर १ खर्ब २० अर्ब ४१ करोड रुपैयाँ पुर्याएको छ ।

सनराइज बैंकः गत असार मसान्तमा सनराइज बैंकले ९४ अर्ब ७२ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ३.९२ प्रतिशतले बढाएर ९८ अर्ब ४३ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, बैंकले गत असार मसान्तमा ८३ अर्ब ८३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ६.७९ प्रतिशतले बढाएर ८९ अर्ब ५२ करोड रुपैयाँ पुर्याएको छ ।

राष्ट्रिय वाणिज्य बैंकः गत असार मसान्तमा राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ३२ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ३.५१ प्रतिशतले बढाएर २ खर्ब ४१ अर्ब १५ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, बैंकले गत असार मसान्तमा १ खर्ब ५६ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ११.४९ प्रतिशतले बढाएर १ खर्ब ७४ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ ।

मेगा बैंकः गत असार मसान्तमा मेगा बैंकले १ खर्ब ३१ अर्ब ९८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ३.१० प्रतिशतले बढाएर १ खर्ब ३५ अर्ब ९८ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, बैंकले गत असार मसान्तमा १ खर्ब १३ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १२.१५ प्रतिशतले बढाएर १ खर्ब २७ अर्ब ७६ करोड रुपैयाँ पुर्याएको छ ।

बैंक अफ काठमाण्डूः गत असार मसान्तमा बैंक अफ काठमाण्डुले ९३ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले २.११ प्रतिशतले बढाएर ९५ अर्ब २५ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले गत असार मसान्तमा ८२ अर्ब ७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १०.५० प्रतिशतले बढाएर ९१ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ ।

सानिमा बैंकः गत असार मसान्तमा सानिमा बैंकले १ खर्ब १० अर्ब ९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले १.५४ प्रतिशतले बढाएर १ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, बैंकले गत असार मसान्तमा ९३ अर्ब २९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १२.१७ प्रतिशतले बढाएर १ खर्ब ४ अर्ब ६४ करोड रुपैयाँ पुर्याएको छ ।

कृषि विकास बैंकः गत असार मसान्तमा कृषि विकास बैंकले १ खर्ब ४३ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ०.३३ प्रतिशतले बढाएर १ खर्ब ४४ अर्ब ३६ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, बैंकले गत असार मसान्तमा १ खर्ब २३ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा ७.२० प्रतिशतले बढाएर १ खर्ब ३२ अर्ब २५ करोड रुपैयाँ पुर्याएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकः गत असार मसान्तमा इन्भेस्टमेन्ट बैंकले १ खर्ब ६८ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ०.३१ प्रतिशतले बढाएर १ खर्ब ६९ अर्ब ११ करोड रुपैयाँ पुर्याएको छ ।

साथै, बैंकले गत असार मसान्तमा १ खर्ब ४४ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा २.१७ प्रतिशतले बढाएर १ खर्ब ४७ अर्ब ७२ करोड रुपैयाँ पुर्याएको छ ।

नेपाल बंगलादेश बैंकः गत असार मसान्तमा नेपाल बंगलादेश बैंकले ७३ अर्ब १९ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ०.४८ प्रतिशतले निक्षेप घटाएर ७२ अर्ब ८४ करोड रुपैयाँमा सीमित गरेको छ ।

साथै, बैंकले गत असार मसान्तमा ६१ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १.३९ प्रतिशतले बढाएर ६२ अर्ब २२ करोड रुपैयाँ पुर्याएको छ ।

नेपाल एसबिआइ बैंक
गत असार मसान्तमा नेपाल एसबिआइ बैंकले १ खर्ब १० अर्ब ४० करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले ६.५० प्रतिशतले निक्षेप घटाएर १ खर्ब ३ अर्ब २२ करोड रुपैयाँमा सीमित गरेको छ ।

साथै, बैंकले गत असार मसान्तमा ९४ अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा १.५१ प्रतिशतले कर्जा प्रवाह घटाएर ९२ अर्ब ८९ करोड रुपैयाँमा सिमित गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक
गत असार मसान्तमा नेपाल स्ट्याण्डर्ड चार्टर्ड बैंकले ९९ अर्ब ११ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । पुस मसान्तमा आइपुग्दा बैंकले १२.३९ प्रतिशतले निक्षेप घटाएर ८६ अर्ब ८३ करोड रुपैयाँमा सीमित गरेको छ ।

साथै, बैंकले गत असार मसान्तमा ५७ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । पुस मसान्तमा २.६८ प्रतिशतले कर्जा प्रवाह घटाएर ५५ अर्ब ९८ करोड रुपैयाँमा सिमित गरेको छ ।


पुष्प दुलाल