प्रिमियर इन्स्योरेन्सले नागरिक लगानी कोषमा भएको संस्थापक सेयर बिक्री गर्दै



काठमाडौं । प्रिमियर इन्स्योरेन्सले नागरिक लगानीकोषमा भएको आफ्नो संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले कोषमा भएको १ लाख ३ हजार ७ सय कित्ता संस्थापक सेयर बोलकबोलमार्फत् लिलामीमा बिक्री गर्ने भएको हो ।

जसका लागि कम्पनीले सूचना जारी गर्दै माघ १० गतेसम्म गोप्य शिलबन्दी पेश गर्न आह्वान गरेको छ । कम्पनीले कोषमा रहेको संस्थापक सेयर प्रतिकित्ता १ हजार ३ सय ५० रुपैयाँ मूल्य निर्धारण गरी गत पुस २९ गतेदेखि गोप्य शिलबन्दी पेश गर्न आह्वान गरेको हो ।

कम्पनीको नाममा रहेको नागरिक लगानीकोषको संस्थापक सेयर खरिद गर्न चाहने इच्छुक लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट नक्सालमा र प्रिमियर इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा बोलपत्र आवेदन बुझाउनुपर्ने उल्लेख गरिएको छ ।

जसमा न्यूनतम १०० कित्तादेखि १ लाख ३ हजार ७ सय कित्तासम्मको लागि आवेदन दिन सकिने बताइएको छ ।


क्लिकमान्डु