प्रभु बैंकले कालिमाटीमा शुरु गर्यो QR कोड सेवा, गभर्नरले किने ४ सयको तरकारी



काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजारमा नगदरहित (क्युआरकोड) विद्युतीय भुक्तानीको शुरुवात भएको छ। नेपाल राष्ट्र बैंकको सम्वन्यमा कालिमाटी तरकारी तथा फलफूल बजारमा प्रभु बैंकले विद्युतीय भुक्तानीको शुवात गरेको हो ।

उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले १ सय रूपैयाँको काउली र ३ सय रूपैयाँको च्याउ खरिद गरी क्युआरकोडमार्फत् भुक्तानी गरी कारोबार शुरूवात गरेका छन् । विद्युतीय भुक्तानी हो विकास परेका विकासित देशहरुमा उच्च वित्तीय सुशासन रहेको हुँदै नेपालमा पनि त्यसको तीव्र गतिमा विस्तार गर्ने भन्ने बताए ।

मेरो हस्ताक्षर भएको नोट तपाईंहरुको हातमा नपुगोस्ः गभर्नर

‘विद्युतीय कारोबार सुरक्षित र बढ्दै गएकाले यो वित्तीय सुशासन कायम राख्न मद्दत सहयोगी भएको छ,’ उनले भने, ‘सोही कारण राष्ट्र बैंकले नगदरहित अर्थतन्त्रको परिकल्पना गरी सोहीअनुसारको कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।’

हाल नक्साल तरकारी बजार र कालिमाटी तरकारी बजारमा नगदरहित कारोबार क्युआरकोडको शुरुवात गरिएको हो । साथै भविष्यमा देशव्यापीरुपमा पनि सेवा सञ्चालन बिस्तार समेत गरिनेछ । गभर्नर अधिकारीले आफूले हस्ताक्षर गरेको नोट नमूनाका रुपमा मात्रै रहने गरी विद्युतीय भुक्तानीको लागि काम गर्ने बताए ।

सो क्रममा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले क्यूआरकोड भुक्तानी सेवा सञ्चालनले तरकारी बजार नयाँ युगको शुरूवातमा प्रवेश गरेको बताएका छन् । उनले सेवाग्राहीको धेरै भिडभाड हुने टेकु अस्पताल, वीर हस्पिटल, गंगालाल हस्पिटल जस्ता अस्पतालहरु पनि क्युआरकोडको शुरूवात गर्ने जानकारी दिए ।

हाल कालिमाटी फलफूल र तरकारी बजारमा ५ सयबढी होलसेल तथा खुद्रा पसलहरु छन् । जसमा आधाभन्दा बढीमा क्यूआरकोड भुक्तानीको सञ्चालन आएको र निकट भविष्यमै सबै पसलहरुमा यसको सञ्चालन गर्ने उनले बताए ।


क्लिकमान्डु