सेञ्चुरी कमर्सियल बैंकले सार्वजनिक गर्यो दुई मासकोट



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले दुईवटा मासकोट सार्वजनिक गरेको छ ।

बैंकको व्यवसाय प्रबद्र्न, पहिचान र प्रचार प्रसार गर्नुका साथै बजार बिस्तार गर्नको लागि सरल र शताब्दी नामका दुईवटा मासकोट सार्वजनिक गरेको छ ।

बैंकिङ्ग अनुभवलाई अझ सरल र सुरक्षित बनाउन तथा बैंकले प्रदान गर्ने विभिन्न सेवा र सुविधाहरु र तिनका प्रकृयाका बारेमा सरल र शताब्दीले विभिन्न माध्यमबाट ग्राहकहरुलाई जानकारी गराउने छन् ।

सरल र शताब्दीको माध्यमबाट बैंकको लोकप्रियता अभिवृद्धिमा अझेै मद्धत पुग्ने विश्वास लिइएको जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु