गणपति लघुवित्तले १५.७९ % लाभांश दिने



काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद (करसहित) लाभांश दिने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउने छन् ।


क्लिकमान्डु