सोल्टी होटलले त्रिभुवन विमानस्थलमा लाउञ्ज चलाउने, खुलायो जागिर



काठमाडौं । कोरोना महामारीका कारण घाटा बेहोर्दै कर्मचारी कटौती गर्ने रणनीति लिएको पाँच तारे होटल सोल्टीले त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलमा लाउञ्च सञ्चालन गर्ने भएको छ । यसका लागि सोल्टीले विभिन्न पदमा केही कर्मचारी पनि माग गरेको छ ।

थाइ एयरवेजले सञ्चालन गर्दै आएको रेष्टुराँ एण्ड लाउञ्जकै ठाउँमा टेन्डरमार्फत् सोल्टी होटलले रेष्टुराँ एन्ड लाउञ्ज सञ्चाल गर्ने जिम्मेवारी पाएको हो ।

विमानस्थल प्रमुख देव चन्द्रलाल कर्णका अनुसार यसअघि थाइ एयरवेजले सञ्चालन गर्दै आएको ठाउँमा सोल्टीले टेन्डरमार्फत् पाएको हो । थाइ एयरवेज सञ्चालन बन्द भएपछि उक्त ठाउँ सोल्टीले पाएको हो ।

सम्झौता अनुसार सोल्टी होटलले ३ वर्षका लागि उक्त ठाउँमा रेष्टुराँ तथा लाउञ्ज सञ्चालन गर्न जिम्मेवारी पाएको छ ।

कोरोना महामारीका कारण लामो समयदेखि सञ्चालनमा आउन नसकेको सोल्टी होटलले यतिबेला विभिन्न प्याकेजमार्फत कर्मचारीलाई बिदाई गर्ने रणनीति लिएको छ । जसका आधारमा हालसम्म करिब १ सय जना कर्मचारीले बिदाईका लागि आवेदन दिइसकेका छन् ।

तर यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रेष्टुराँ तथा लाउञ्ज सञ्चालन गर्ने जिम्मेवारी पाएसँगै सोल्टी होटलले विभिन्न पदमा १५ जना कर्मचारी माग गरेको छ ।

जसमा होटलले लाउञ्ज म्यानेजर १ जना, लाउञ्ज एक्जुकेटिभ १ जना, सेफ ४ जना, किचन स्टेवार्डिङ २ जना, सर्भिस कम होस्टेसमा ४ जना, हाउस किपिङमा २ जना र एक्जुकेटिभ सेक्रेटरीमा १ जना १५ जना कर्मचारी माग गरेको हो । होटलले यसका लागि १४ जनवरीसम्ममा आवेदन दिन माग गरेको छ ।


क्लिकमान्डु