हिमालयन बैंकद्वारा रुख–विरुवा खरिद गर्न मदन भण्डारी स्मृति बाटिकालाई ५ लाख रुपैयाँ सहयोग
काठमाडौं । हिमालयन बैंकले मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिलाई रुपैयाँ पाँच लाखको आर्थिक सहयोग गरेको छ ।
बैंकले सो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रहेर गरेको हो ।
उपत्यका वातावरण विकास तथा संरक्षणका लागि मदन भण्डारी स्मृति बाटिका संरक्षण समितिले विभिन्न कार्य गर्दै अएको छ ।
सुबिधानगर, कोटेश्वरमा रहेको यस संस्थालाई बैंकले विभिन्न रुख–विरुवा खरिद गर्नका साथै उक्त बाटिको संरक्षण तथा सर–सफाईका लागि बैंकले सो रकम उपलब्ध गराएको जनाएको छ ।