बैंक अफ काठमाण्डूका ग्राहकलाई साक्को रिसोर्टमा १०% छुट



काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले साक्को रिसोर्टको सेवा सुविधा उपभोग गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । बैंक र साक्को रिसोर्टबीच भएको सम्झौताअनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा छुट ग्राहकले छुट पाउने भएको हो ।

बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्दा वास्तविक मुल्यको १० प्रतिशत छुट पाइने बताइएको छ ।

साक्को रिसोर्टले काठमाण्डौं जिल्लाको साँखुबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ । उक्त सम्झौतामा बैंकका साँखु शाखा कार्यालयका शाखा प्रबन्धक बैकुण्ठ कुमार सैंजु र साक्को रिसोर्टका प्रमुख श्रीबन्त लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बैंक अफ काठमाण्डूले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।


क्लिकमान्डु