सिद्धार्थ बैंकको वार्षिक साधारणसभा माघ १६ गते, बुक क्लोज कहिले ?
काठमाडौं । सिद्धार्थ बैंकले १९औं बार्षिक साधारणसभा माघ १६ गते बोलाएको छ । बैंकले साधारणसभा र लाभास वितरण प्रयोजनका लागि पुस २८ गते सेयर दाखिला बन्द गर्ने जनाएको छ ।
गत वर्षको मुनाफाबाट बैंकले १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश पारित गरी वितरण गर्नेछ । साथै, बैंकले अन्य बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तीका लागि ढोका खुल्ला गरी सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव छ ।
साथै, साधारणसभामा संस्थापक समुहबाट ३ जना र २ जना सर्वसाधारण समूहबाट गरी ५ जना सञ्चालकहरु निर्वाचन गर्ने उल्लेख गरेको छ । बैंकले सभामा भर्चुअल माध्यममार्फत् आम्रापाली बैंङक्वेट बालुवाटार काठमाडौंमा हुने जनाएको छ ।