लगानीकर्तालाई धोका दिएको आरोपमा भारतीय अर्बपति मुकेश अम्बानीलाई सेबीले ४० करोड जरिवाना लगायो



भारतीय सेयर बजारकोको नियामक निकाय(सेबी)ले भारतीय अर्बपति मुकेश अम्बानीलाई ४० करोड भारतीय रुपैयाँ जरिवाना लगाएको छ ।

अम्बानीको कम्पनी आरपीएलले सेयर ट्रेडिंगमा गलत काम गरेको आरोपमा रिलायन्स इंडस्ट्रीज लिमिटेड, यसको अध्यक्ष र प्रबन्ध निर्देशक मुकेश अंबानी लगायत दुई जनालाई सेबीले जरिवाना लगाएको हो ।

रिलायन्स इन्डस्ट्रीज(आरआईएल) लाई २५ करोड र अम्बानीलाई १५ करोड जरिवाना लगाइएको छ। यस बाहेक, नवी मुम्बई सेज प्रालि २० करोड र मुम्बई सेज लिमिटेड १० करोड जरिवाना तिर्न सेबीले भनेको छ ।

यो केस नोभेम्बर २००७ को हो । जुन नगद र फ्युचर क्षेत्रमा सेयरको खरीद बिक्रीको विषयमा हो । अघि मार्च २००७ मा आरआईएलले आरपीएलमा ४.१ प्रतिशत शेयर बेच्ने निर्णय गर्यो। तर सो कम्पनी बिलय भयो ।

९५ पृष्ठको आदेशमा सेबी अधिकारी बीजे दिलीपले धितोको मात्रा वा मूल्यमा भएको कुनै पनि हेराईले बजारमा लगानीकर्ताको विश्वासलाई चोट पुर्‍याउने र बजारमा हेरफेरमा प्रभावित बनाएको बताए ।

‘यस अवस्थामा, साधारण लगानीकर्ताहरू भविष्य र विकल्प खण्डमा सम्झौताको पछाडि रहेको इकाई आरआईएल हो भनेर थाहा थिएन। नक्कली व्यापारले आरपीएलको धितोको मूल्यलाई दुबै नगद र फ्यूचर र विकल्प क्षेत्रमा असर गर्यो र अन्य लगानीकर्ताको हितमा चोट पुर्‍यायो, ‘सेबीको आदेशमा भनिएको छ ।


क्लिकमान्डु