कुमारी बैंकका ग्राहकले फ्रेन्च बेकरीमा १२ % छुट पाउने
काठमाडौं । कुमारी बैंक र फ्रेन्च बेकरीबीच बेकरीका विशेष परिकारहरुमा बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुलाई विशेष छुटको प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
पकनाजोल, क्षेत्रपाटीस्थित फ्रेन्च बेकरीका विभिन्न परिकारहरुमा कुमारी बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले १२ प्रतिशतसम्मको छुट प्राउने छन् ।
उक्त सम्झौता पत्रमा कुमारी बैंकका मार्केटिंग प्रमुख नवीन मुनि बज्राचार्य तथा फ्रेन्च बकेरीका तर्फबाट निर्देशक बुद्ध श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
कुमारी बैंकले देशव्यापी १९२ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।