एनसीसी बैंकको साधारणसभा माघ ९ मा, बुक क्लोज कहिले ?



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंकको बार्षिक साधारणसभा माघ ९ गते हुने भएको छ ।

बैंकका अनुसार उक्त साधारणसभामा बैंकले लगानीकर्तालाई दिने प्रस्ताव गरेको १०.२६ प्रतिशत बोनस र त्यसमा लाग्ने कर प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने भएको छ ।

साधारणसभाले उक्त लाभांश पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।
साधारणसभामा लेखापरीक्षक नियुक्त, उसको पारिश्रमीक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै एनसीसी र अन्य उपयुक्त बैंक तथा वित्तीयहरु आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखेमा त्यसको लागि सबै काम बैंकको तर्फबाट सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ ।

बैंक साधारणसभाको लागि पुस २१ गते एक दिन सेयर दाखिला खारेज बन्द गर्ने भएको छ । पुस २० गतेसम्म कायम रहेका लगानीकर्ताले लाभांश पाउने छन् ।


क्लिकमान्डु