नेपाल कम्युनिस्ट पार्टीका सबै बैंक खाता रोक्का



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सबै बैंक खाता रोक्का भएको छ । नेकपा पार्टीभित्र बढेको विवादसँगै माधव-प्रचण्ड समूहले बैंक खाता रोक्का गर्न बैंकमा पत्रचार गरेको थियो ।

आफूलाई आधिकारिक दावी गर्दै आएको माधव-प्रचण्ड समूहले पुस १२ गते बैंकलाई पत्रचार गर्दै पार्टीका नाममा भएका बैंक खाता गर्न रोक्का गर्न माग गरेको थियो । हाल केपी ओली समूह र माधव-प्रचण्ड दुबै समूहले आफूलाई दावी गर्दै आएका छन् ।

नेपाल बैकंर्स संघका अध्यक्ष भुवनकुमार दाहालले विवाद भइसकेपछि स्वत: खाता रोक्का भइसकेको बताए ।

उनले आधिकारिक निकायले जुन पक्षलाई आधिकारिक हो भन्छ त्यो यकिन नहुँदासम्म सबै बैंक खाता रोक्का गर्ने सिस्टम नै भएको बताए ।

निर्वाचन आयोग वा अदालतले निर्णय नगर्दासम्म खाता रोक्का गरिने उनले जानकारी दिए ।

हालसम्म पार्टीका नाममा ३ अर्बभन्दा बढी सम्पत्ति छ । पार्टीका नाममा भारतमा समेत जग्गा भएको बताइएको छ ।


क्लिकमान्डु