लक्ष्मी बैंकको ‘माई मोबाइल मनी’ भिडियो प्रतियोगिता



काठमाडौं । लक्ष्मी बैंकले डिजिटल डिसेम्बर अभियान अन्तर्गत डिजिटल बैंकिङक विशेषता र लाभहरुको बारेमा जनचेतना जगाउने उद्देश्यले ‘माई मोबाइल मनी’ भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।

यस प्रतियोगिता अन्तर्गत सहभागीहरुले लक्ष्मी बैंकको मोवाइल बैंकिङ्ग सेवासम्बन्धी सृजनात्मक भिडियो तयार गरी पठाउनु पर्नेछ । यसरी प्राप्त भिडियोहरुको भावनात्मक पक्ष, सृजनात्मकता, कथा–वस्तुको सान्दर्भिकताको आधारमा विजेता घोषणा गर्ने छ । विजयीले ५० हजार रुपैयाँसम्मको नगद पुरस्कार पाउने छन् ।

एक महिने अभियानको माध्यमबाट बैंकले नेपाली जनतामा इन्टरनेट बैकिङ, माबाइल बैकिङ र भाइबर बैकिङ जस्ता डिजिटल विकल्पहरुलाई अपनाउने रुचिको अभिवृद्घि गर्न सहयोग पुग्ने बैंकको भनाइ छ ।

‘माई मोबाइल मनी’ बैंकको क्राउड सोर्सिङमा आधारित दास्रो प्रतियोगिता हो । यसअघि बैंकले सञ्चालन गरेको डेबिट कार्डको डिजाइनिङ प्रतियोगितामा सफलता पाएको थियो ।


क्लिकमान्डु