कुमारी बैंकको थप ८ शाखा बिस्तार



काठमाडौं । कुमारी बैंकडले काठमाडौं उपत्यकाभित्र तथा बाहिर गरेर आफ्ना ८ नयाँ शाखाहरूको खोलेको छ ।

काठमाडांैस्थित खुसिबुँ, पानीपोखरी , मालिगाँउ, नरेफाट, नयाँ पाटी, बाफल, मैतिदेवी र यसैगरी, उपत्यकाबाहिर मोरङ स्थित बेलबारी गरी कूल ८ शाखाहरूको खोलेको छ ।

बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानियलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरिएको बैंकले जनाएको छ । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु¥याउने योजना बनाएको छ ।

बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १८७ वटा शाखाहरु, १५२ वटा एटिएमहरु तथा १३ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखाविहिन युनिटहरुद्घारा सेवा दिइरहेकोमा थप ८ वटा शाखा पश्चात अब बैंकको कुल शाखा सञ्जाल १९५ पुगेको छ ।

हालसम्म बैंकले नवीन्तम डिजीटल प्रोडक्ट मार्फत आफ्नो ग्राहकहरुलाई सेवा दिदै आएको छ र आउँदा दिनहरुमा अझ सशक्त रुपमा डिजीटल प्लेटफम बाट आफ्ना पहुँच बढाउँदै जनेछ ।


क्लिकमान्डु