धितोपत्र बोर्डले घटायो ब्रोकर कमिशन, यस्तो छ नयाँ दर (विवरणसहित)



काठमाडौं । धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायीले लिने कमिशन घटाएको छ ।

बोर्डका अनुसार संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्री कारोबारमा ५० हजार रुपैयाँ सम्मको कारोवारमा ०.४० प्रतिशत, ५० हजार भन्दा माथि ५ लाख सम्मको कारोवारमा ०.३७ प्रतिशत, ५ लाख भन्दा माथि २० लाख रुपैयाँ सम्मको कारोवारमा ०.३४ प्रतिशत, २० लाख भन्दा माथि १ करोड सम्मको कारोवारमा ०.३० प्रतिशत र १ करोड भन्दा माथि जतिसुकैको कारोवारमा ०.२७ प्रतिशत ब्रोकर कमिशन  लिन पाउने छन् ।

बोर्डका अनुसार धितोपत्र दलाल व्यवसायीले लिने सेवा शुल्कमा पूनरावलोकन गरी समसामयिक बनाउन धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ (तेस्रो संशोधन) को नियम ३२(१) बमोजिम धितोपत्र दलाल व्यवसायीले धितोपत्र कारोबार सेवा उपलब्ध गराए वापत ग्राहकबाट प्राप्त गर्ने शुल्क सम्बन्धी विद्यमान अनुसूची–१४ को सट्टामा नयाँ दर कायम गरेको छ । यो कमिशनदर आइतबार देखि लागू हुनेछ ।

यस्तै अहिले लगानीकर्ताहरुले सेयर कारोबार गर्दा ब्रोकरलाई ०.४ देखि ०.६ प्रतिशतसम्म कमिशन तिर्नुपर्छ । जसमा ५० हजारसम्मको कारोबार गर्दा ०.६, ५० हजार १ रुपैयाँ देखि ५ लाखसम्म ०.५५, ५ लाख १ रुपैयाँदेखि २० लाखसम्म ०.५, २० लाख १ रुपैयाँ देखि १ करोडसम्म ०.४५ र १ करोड १ रुपैयाँभन्दामाथीको कारोबारमा ०.४ प्रतिशत तिर्दै आएका छन् ।

अहिलेसम्म लगानीकर्ताले तिरेको कमिशनबाट ब्रोकरलाई २० प्रतिशत र त्यहीबाट सिडिएससीलाई कमिशन जाने गरेको छ । यस्तै लगानीकर्ताले धितोपत्र बोर्डलाई छुट्टै ०.०१५ प्रतिशत कमशिन तिर्ने गरेका छन् ।


क्लिकमान्डु