सिर्जना फाइनान्सले १४.२७ % लाभांश दिने
काठमाडौं । सिर्जना फाइनान्सले सेयरधनीहरुलाई १४.२७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
फाइनान्सले आर्थिक वर्ष २०७६/०७७ को वितरणयोग्य नाफाबाट उक्त लाभांश दिन लागेको जनाएको छ ।
फाइनान्सले सेयरधनीहरुलाई १३.५९ प्रतिशत बोनस र त्यसमा लाग्ने करका लागि ०.६८ प्रतिशत नगद लाभांश दिने भएको छ ।
फाइनान्सको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर फाइनान्सको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।