कार्यकर्ता पोस्ने प्रधानमन्त्री रोजगार कार्यक्रमः चार महिनामा तोकिएकोभन्दा बढी बजेट खर्च



काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/०७८ को चार महिनामा रोजगारी बढाउनेभन्दा पनि कार्यकर्ता पोस्ने काममा बढी खर्च गरेको छ ।
मन्त्रालय अन्तर्गत विभिन्न निकायका लागि छुट्याएको बजेटमा सबैभन्दा बढी प्रधानमन्त्री रोजगार कार्यक्रममा खर्च भएको छ ।

उक्त कार्यक्रमका लागि २ अर्ब ६६ करोड ७ लाख रुपैयाँ विनियोजन भएकोमा विनियोजन २ अर्ब ६६ करोड ७ लाख रुपैयाँ भए पनि खर्च भने ३ अर्ब १० करोड रुपैयाँ भएको छ ।
अन्य निकायको खर्च अपेक्षाअनुसार नहुँदा प्रधानमन्त्री रोजगार कार्यक्रममा खर्च भने ११२.७९ प्रतिशत भएको छ ।

उक्त शीर्षकको खर्चमा यसअघि पनि धेरै नै आलोचना हुने गरेको छ । यो खर्चलाई सरकारमा रहेका दलले कार्यकर्तालाई खुवाउन राज्यसत्ताको दुरुपयोग गरेको समेत आरोप लाग्ने गरेको छ ।
अहिले खर्च प्रणालीले पनि प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगारी सृजना गर्नेभन्दा पनि चौमासिक लक्ष्यभन्दा बढी नै खर्च भएको देखिएको छ ।

चार महिनाको अवधिमा सबैभन्दा कम श्रम तथा रोजगार कार्यक्रमहरुको खर्चमा भएको छ । उक्त कार्यलयहरुको पुँजीगत खर्च १.६९ प्रतिशत भएको छ ।

चालु आवको चार महिनामा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रमा पुँजीगत खर्च छुट्याएको छैन । वैदेशिक रोजगार बोर्डका लागि पनि पुँजीगत खर्च छुटयाइएको छैन ।

पुँजीगत खर्च छुटयाइएकोमा रोजगार प्रबद्र्धन कार्यक्रममा ३.२६ प्रतिशत मात्रै खर्च भएको छ । उक्त कार्यक्रमका लागि पुँजीगततर्फ ९ लाख २० हजार बजेर रुपैयाँ विनियोजन भएकोमा ३० हजार रुपैयाँ मात्रै खर्च भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई विनियोजन भएको बजेटमध्ये पुँजीगततर्फ १७.२० र चालुतर्फ ४४.२७ प्रतिशत चालु आवको पहिलो चौमासमा खर्च भएको छ ।
मन्त्रालयका लागि चौमासमा छुट्याएको बजेटमा पुँजीतर्फ २ करोड १५ लाखमा ५९ लाख २० हजार रुपैयाँ खर्च भएको छ ।

बढी पुँजीगत खर्च श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा ६४.४३ प्रतिशत खर्च भएको छ ।

चालुतर्फ ३.७७ र पुँजीगततर्फ प्रतिशत बजेट व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानमा भएको छ ।

यस्तै व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानका लागि विनियोजन गरेको बजेटमध्ये ११.३८ प्रतिशत मात्रै पुँजीगत खर्च भएको मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रमको लागि ११ लाख २५ हजार बजेट विनियोजन भएकोमा १ लाख २८ हजार रुपैयाँ मात्रै खर्च भएको छ । यो अवधिमा दीर्घकालिन उपलब्धी हुने क्षेत्रमा भन्दा पनि कार्यकर्त पोस्न मात्रै खर्च भएको देखिएको छ ।


क्लिकमान्डु