राजस्व छल्ने ५ कम्पनीका संचालकलाई १९ करोड ९६ लाख बिगो कायम राखेर मुद्दा



काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा विभिन्न कम्पनी सञ्चालक र कारोवारीसहित ५ जनाविरुद्ध मुद्दा चलाएको छ । विभागले उनीहरुमाथि १९ करोड ९६ लाख रुपैयाँ विगो बराबरको राजश्व छली गरेको आरोप छ ।

उक्त बिगो असुल गरी जरिवाना र कैद सजाय माग दाबीसहित विभागले उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको जानकारी दिएको छ ।

जसमा झुट्टा तथा नक्कली मूअकर विजक प्रयोग गरी राजस्व छली गर्ने कविला सप्लायर्स सेन्टरका नवल किशोर चौधरीलाई २ करोड १४ लाख ३० हजार २ सय ३८ रुपैयाँ, शिवम प्याकेजिङ एण्ड सप्लायर्सका सितादेवी जयसवालबाट ५ करोड ८८ लाख ६५ हजार ९ सय १९ रुपैयाँ, गौतम सप्लायर्सका मुकेशप्रसाद चौधरीबाट ५ करोड ३२ लाख १६ हजार १ सय ८८ रुपैयाँ गरी १३्र करोड पैतलिस लाख १२ हजार ३ सय ४५ रुपैया विगो असुल गरी जरिवाना र कैद मागदावी लिइ उच्च अदालत पाटनमा पुस ५ गते मुद्दा दर्ता भएको छ ।

त्यस्तै, विभागले झुट्टा तथा नक्कली मूअकर विजक प्रयोग गरी राजस्व छली गर्ने शिवम ट्रेडर्स एण्ड सप्लायर्सका जगदिश सहनी मलाहलाई ४ करोड ७९ लाख ६९ हजार ४ सय ४७ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई पुस १ गते उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।

साथै, राजस्व चुहावट गर्ने नियतले गलत विवरण घोषणा गरी राजस्व छली गर्ने कास्की जिल्ला, पोखराको अनुस्का मल्टिप्रपोज कम्पनीका शिवलाल तिम्लसिना समेत ३ जनाबाट १ करोड ८२ लाख ५३ हजार ४ सय ६१ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई पुस ५ गते उच्च अदालत जनकपुर अस्थायी ईजलास वीरगंजमा मुद्दा दर्ता गरेको जनाएको छ ।


क्लिकमान्डु