सिद्वार्थ बैंकले भन्याेः मर्जर हल्ला मात्रै



काठमाडौं । सिद्वार्थ बैंकले आफू अन्य कुनै बैंकसँग मर्जरमा जान नलागेको कुरा हल्ला मात्रै भएकाे जनाएकाे छ । बैंकले सूचना जारी गर्दै आफू कुनै पनि बैंकसँग मर्जरमा जान नलागेको जनाएको छ ।

केही सञ्चार माध्यममा बैंक अन्य कुनै बैंक तथा वित्तीय संस्थाबीच मर्जरमा जान लागेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । सिद्वार्थ बैंक नबिल बैंकसँग मर्जरमा जान लागेको भन्ने चर्चा निकै रहेको छ ।

दुवै बैंक मर्जर हुन लागेको भनेर बिहीबार सिद्वार्थ बैंकको सेयर मूल्य प्रति कित्ता १६ रुपैयाँका दरले बढेर ३८८ रुपैयाँ पुगेको छ ।


क्लिकमान्डु