लाभांश घोषणा भएका माइक्रोफाइनान्समध्ये कस्को कति ?



काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएका ५२ वटा माइक्रोफाइनान्स कम्पनीमा हालसम्म १९ वटाले मात्रै लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका कम्पनीको सबैभन्दा बढी ३० प्रतिशत लाभांश छ भने सबैभन्दा कम १२.६३ प्रतिशत छ । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट वमी माइक्रोफाइनान्सले लगानीकर्तालाई सबैभन्दा बढी ३० प्रतिशत बोनस दिने भएको छ भने सबैभन्दा कम मिर्मिरे माइक्रोफाइनान्सले १२.६३ प्रतिशत लाभांश दिने भएको छ । जसको बोनस १२ प्रतिशत रहेको छ ।

गत आवको नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशतभन्दा बढी लाभांश दिने कम्पनीको संख्या ११ वटा छ । ११ वटा कम्पनीले लगानीकर्तालाई २० प्रतिशतभन्दा बढी लाभांश दिने प्रस्ताव गरेका छन् । ९ वटा कम्पनीको मात्रै त्योभन्दा कम छ ।

वमीपछि धेरै बोनस दिने कम्पनीमा ग्लोबल आईएमई लघुवित्त छ । कम्पनीले २७.४७ प्रतिशत बोनस दिने भएको छ । त्यसपछि साना किसान विकास बैंकले २५ प्रतिशत बोनस, छिमेकले २२ प्रतिशत, समताले २० प्रतिशत बोनस दिने भएका छन् ।

सबैभन्दा कम बोनस आरएमडीसी लघुवित्त वित्तीय संस्था छ । संस्थाले ९ प्रतिशत मात्रै बोनस दिने प्रस्ताव गरेको छ । कम्पनीहरुले गरेको प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि मात्रै लगानीकर्ताले पाउने छन् ।

अहिले नेप्सेमा सूचीकृत सबै कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिहेका छन् । अहिलेसम्म ९४ वटा कम्पनीहरुले लाभांश घोषणा गरिसकेका छन् ।


क्लिकमान्डु