कृषि विकास बैैंकको साधारणसभा पुस २९ मा, बुक क्लोज कहिले ?



काठमाडौं । कृषि विकास बैैंकले पुस २९ गते भर्चुअल रुपमा साधारणसभा गर्ने भएको छ ।

बैंकले साधारणसभामा सर्वसाधारण सेयरधनीहरुलाई १५ प्रतिशत बोनस र त्यसको कर प्रायोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजाने भएको छ ।

यस्तै साधारणसभामा आर्थिक वर्ष २०७६/०७७ को बार्षिक प्रतिवेदनमा छलफल हुने छ । साथै लेखापरीक्षक नियुक्ती गर्ने तथा पारिश्रमीक तोक्ने प्रस्ताव लैजाने भएको छ ।

साधारणसभाको लागि बैंकले पुस १५ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस १४ गतेसम्म कायम रहेका सेयरधनीले मात्रै लाभांश पाउन सक्नेछन् ।


क्लिकमान्डु