नबिल बैंक गर्यो डोटीको सायल र बैतडीको पञ्चेश्वर गाउँपालिकासँग सम्झौता
काठमाडौं । नबिल बैंकले विभिन्न गाउँपालिकामा रहेका शाखा मार्फत स्थानिय निकायसँगको समन्वयमा साना तथा मद्यौला ब्यवसायका साथै कृषि सम्बन्धि कार्यक्रममा सहयोग पु¥याउन सम्झौता सुुरु गरेको छ ।
बैंकले स्थानिय बासिन्दाको अर्थिक गतिविधिमा सहयोग पु¥याउने उद्देश्यका साथ स्थानीय निकायसँग सम्झौता सुरु गरेको जनाएको छ ।
बैंकले ५ गते डोटि जिल्लामा सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेल र ६ गते बैतडि जिल्लाको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दसँग नबिल बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्दले हस्ताक्षर गरेका छन् ।
कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक गणेश प्रसाद अवस्थीले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिका अनुरुप व्यवसायिक कृषि तथा पशुपन्छी र महिला उद्यमशिलतामा आधारित सहुलियत पुर्ण कर्जा दिन लागेको बताए ।
गाउँपालिकाका अध्यक्षद्वय तेज बहादुर डुम्रेल र गोरख बहादुर चन्दले, बैंक र गाउँपालिकाबीचको सम्झौता प्रशंसा योग्य रहेको बताए ।
कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले उक्त सम्झौताबाट यो क्षेत्रको कृषि तथा उद्यमशिलताको क्षेत्रमा व्यापक परिवर्तन ल्याउनका साथै गाउँको आर्थिक विकासका गतिविधिमा थप टेवा पुग्ने धारणा राखे ।
नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १ हजार ५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुबाट सेवा दिइरहेको छ ।