श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १०.५३ प्रतिशत लाभांश दिने
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले सेयरधनीहरुलाई १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट ७.३७ प्रतिशत बोनस र त्यसमा लाग्ने करसहित ३.१६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीको उक्त लाभांश राष्ट्र बैंकबाट पुस ६ गते स्वीकृत भएको जनाएको छ ।