ङादी ग्रुप पावरले १०.५६ % लाभांश दिने
काठमाडौं । ङादी ग्रुप पावरले सेयरलगानीकर्तालाई १०.५६२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
पावरले लगानीकर्तालाई आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । पावरको साधारणसभा पुस २८ गते हुने भएको छ । त्यसको लागि पुस १५ गते बुक क्लोज हुने छ ।
पुस १४ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै साधारणसभामा भाग लिने पाउने छन भने लाभांश पनि पाउने छन् । पावरले साधारणसभामा ३० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि लैजाने भएको छ ।