विजय लघुवित्तले २० प्रतिशत लाभांश दिने



काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

संस्थाले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट लगानीकर्तालाई १९ प्रतिशत बोनस र त्यसको कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

संस्थाको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु