ओलीलाई अनुशासनको कारवाही गर्ने नेकपा स्थायी समितिको निर्णय



काठमाडौं । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय नेपाल कम्युनिष्ट पार्टीको स्थायी समितिले गरेको छ ।

केपी ओली समुहका नेता अनुपस्थित रहेर बालुवाटारमा भएको स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओली विरुद्द अनुशासनको कारवाही गर्ने निर्णय गरेको हो । कस्तो खाले कारवाही भने स्थायी समितिले निर्णय गरेको छैन ।

प्रधानमन्त्री ओलीले आइतबार मन्त्रीपरिषद् बोलाएर प्रतिनिधिसभा बिघटन गरेर बैशाखमा निर्वाचन गर्ने निर्णय गरेका थिए । जसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी छन् ।


क्लिकमान्डु