देउवा निकट जयबहादुर चन्द अख्तियारको आयुक्तमा सिफारिस
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट पूर्व एआईजी जयबहादुर चन्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सदस्यमा सिफारिस भएका छन् ।
प्रचण्ड नेतृत्वको सरकार हुँदा देउवाले चन्दलाई प्रहरीको आइजीपी बनाउन लगाएका थिए । सरकारले चन्दको नाम आइजीपीमा बढुवा गरेपनि सर्बोच्च अदालतले रोकिदिएको थिए ।
चन्दलाई आइजीपी बनाउने निर्णयको खुलेर त्यो बेलामा एआईजी नवराज सिलवालले विरोध गरेका थिए । सिलवालले पछि राजीनामा दिएर नेकपा एमालेबाट प्रतिनिधिसभाको चुनाव समेत जितेका थिए ।
देउवा उपस्थित नभएपछि मंसिर ३० को संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहित संवैधानिक निकायमा नियुक्ती गरेको थियो । जसलाई निकै नै गोप्य राखिएको थियो ।
अख्तियारको दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमा ओली निकट प्रेम राई सिफारिस भएका छन् ।