अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राई सिफारिस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेम राईलाई सिफारिस गरेको छ ।
परिषद्को ३० मंसिरमा भएको बैठकले राईलाई प्रमुख आयुक्तमा नियुक्त गर्ने निर्णय गरेको थियो । संवैधानिक परिषद्को संसोधन भएको अध्यादेश अनुसार बसेको बैठकले अख्तियार प्रमुखमा राईलाई नियुक्त गर्ने निर्णय गरेको थियो । जसलाई गोप्य राखिएको थियो ।
आइतबार संसद् सचिवालयमा संसदीय सुनुवाईको लागि राईको नाम सिफारिस भएको पुगेको थियो । आइतबार नै प्रतिनिधिसभाको बिघठन भएको छ ।
पूर्वगृहसचिव राई प्रधानमन्त्री केपी ओली निकट मानिन्छन् ।