प्रधानमन्त्रीले लहडमा गरेको संसद विघटनको निर्णय असंवैधानिकः गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने निर्णय असंवैधानिक भएको बताएका छन् ।

आइतबार आकस्मिक मन्त्रिपरिषदको निर्णय गर्दै संसद बिघटन गर्ने निर्णय गरी राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री ओली पुगेका छन् ।

थापाले भनेका छन्, संविधान निर्माण गर्दा ५ वर्ष संसद चल्ने अवस्थाको परिकल्पनासहितको प्रावधान छ । प्रधानमन्त्रीले लडहमा गरेको संसद् विघटनको निर्णय असंवैधानिक र अलोकतान्त्रिक छ।यसको संवैधानिक व्याख्या हुन्छ नै तर जे ब्याख्या भए पनि ३ वर्ष अगाडि जनताले नेकपालाई दिएको मतको वैधता भने यो सिफारिससंगै सकिएको छ।’


क्लिकमान्डु