एनसीसी बैंकले १०.८१ % लाभांश दिने



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले सेयर लगानीकर्तालाई १०.८१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

बैकले लगानीकर्तालाई आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट १०.८१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकले लगानीकर्तालाई १०.२६ प्रतिशत बोनस र कर त्यसको कर प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु