युरीया मल ल्याउन बंगलादेशसँग सम्झौता, तीन महिना भित्र ल्याइने
काठमाडौं । सरकारले युरीया मल आयात गर्नको लागि बंगलादेश सरकारसँग सम्झौता गरेको छ ।
बिहीबार कृषि सामाग्री कम्पनी र बंगलादेशको बंगलादेश केमिकल इन्ड्रस्टिज कर्पोरेशनबीच दाना युरीया मल ल्याउन सम्झौता भएको हो ।
नेपालको तर्फबाट कृषि सामाग्री कम्पनीका प्रबन्ध संचालक नेत्र बहादुर भण्डारी र बंगलादेशको तर्फबाट बंगलादेश केमिकल इन्ड्रस्टिज कर्पोरेशनका अध्यक्ष मोहमद अमिउल अहसनले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता पत्रमा सम्झौता भएको तीन महिना भित्र नेपालमा मल निर्यात गर्ने उल्लेख छ ।
सम्झौतामा कृषि सामाग्री कम्पनी लिमिटेडले ५० हजार मेट्रिकटन दाना युरीया बल्क र कार्गाे गरी दुई तरिकाले चार लटमा आयात गर्ने सम्झौतामा उल्लेख छ । यो मलको आयातसंगै नेपालमा रसायनिक मलको अभावको समस्या समाधान हुनेछ ।
यो सिजनमा खेति गरिने बालीलाई आवश्यक पर्ने युरीया, डिएपी र पोटास मल प्रशस्त मात्रामा रहेको भन्दै आगामी दिनमा मलको अभाव हुन नदिन मन्त्रालयबाट अल्पकालीन, मध्यकालीन र दिर्घकालीन
रणनीतिहरु समेत तयार भइरहेको जारी विज्ञप्तिमा उल्लेख ।