प्रभु बैंकको लाभांश राष्ट्र बैंकबाट स्वीकृत



काठमाडौं । प्रभु बैंकले सेयर लगानीकर्तालाई दिन लागेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो । बैंकका अनुसार राष्ट्र बैंकले मंगलबार राष्ट्र बैंकले लाभांश स्वीकृत गरेको हो ।

बैंकले लगानीकर्तालाई १० प्रतिशत बोनस र त्यसको कर प्रयोजनको लागि ०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।

बैंकको उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेपछि अब बैंकको साधारणसभाले पारित गरेर लगानीकर्ताले उक्त प्रस्तावित लाभांश पाउने छन् ।


क्लिकमान्डु