बैंक अफ काठमाण्डू लिमिटेडको डिबेञ्चर २०८६ को सार्वजनिक निष्काशन बन्द



काठमाडौं । बैंक अफ काठमाण्डूले डिबेञ्चर २०८६ को सार्वजनिक निष्काशन बन्द गरेको छ । बैंकले यही २४ गते देखीे “८.५% बिओके डिबेञ्चर २०८६” निष्काशन खुल्ला गरेकोमा २९ गते सोमबार निष्काशन बन्द गरेको जानकारी गराएको छ ।

बैंकले निष्काशन गरेको उक्त ऋणपत्रमा लगानीकर्ता उत्साहजनक सहभागिताले गर्दा निर्धारण गरिएको छिटो अन्तिम मितिमा नै बन्द भएको बैंकले उल्लेख गरेको छ । बैंकद्वारा निष्काशन गरिएको ऋणपत्रमा लगानीकर्ता महानुभावहरुकोे सहभागिताले बैंक र लगानीकर्ताहरु बिचमा रहेको विश्वसनियतालाई पुष्टि गरेको छ ।

साथै, बैंकले उक्त ऋणपत्र निष्काशनको लागि श्री नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको थियो ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।


क्लिकमान्डु