नेपाल एसबीआई बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?



काठमाडौं । नेपाल एसबीआई बैंकले पुस महिनाको लागि ब्याजदर सार्वजनिक गरेको छ । बैंकले अन्य बैंकको तुलनामा मुद्दति निक्षेपमा निकै कम ब्याज रहेको छ ।

बैंकबाट मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ प्रतिशदेखि ६.५० प्रतिशतसम्म ब्याज दिने भएको छ । विभिन्न समय अवधिका लागि ३ प्रतिशतदेखि ६.५० प्रतिशत ब्याज दिने जनाएको छ । यस्तै संस्थागतरुपमा ४ प्रतिशतदेखि ६ प्रतिशतसम्म ब्याज रहेको छ ।

यता बचतमा भने १ प्रतिशतदेखि ३ प्रतिशतसम्म तथा कल डिपोजिटमा ०.२५ प्रतिशत ब्याज रहेको छ ।

कात्तिकसम्म बैंकको आाधारदर ८.३७ प्रतिशत रहेको छ । बैंकबाट ऋण लिँदा १३.३७ प्रतिशतसम्म ब्याज लाग्ने छ । बैंकबाट वर्किङ क्यापिटल, सर्ट ट्रम, मोटरेज, एसएमई, शैक्षिक कर्जा, होम, अटो, हायरपर्चेज, शेयर धितोकर्जा लिँदा १३.३७ प्रतिशत ब्याज लाग्ने छ ।

त्यस्तै बैंकले ऋणका लागि फिक्स्ड रेट योजना ल्याएको छ । शैक्षिक कर्जा ३ वर्षसम्मको लागि १२.५० प्रतिशत, ३ वर्षदेखि ५ वर्षका लागि १३.५० प्रतिशत, ५ वर्षदेखि १० वर्षका लागि १४ प्रतिशत, १० वर्षभन्दा बढी अवधिको कर्जाका लागि १४.५० प्रतिशत ब्याज लिने जनाएको छ ।

यस्तै होम लोन लिँदा ३ वर्षसम्मका लागि १२.५० प्रतिशत, ३ वर्षदेखि ५ वर्षको लागि १३.५० प्रतिशत, ५ वर्षदेखि १० वर्षका लागि १४ प्रतिशत र १० वर्षभन्दा बढी अवधिको लागि १४.५० प्रतिशत ब्याज लाग्ने छ ।

यता पर्सनल हायर पर्चेज, मोटरेज, भुपु, मार्जिन वर्कर्स, रियल स्टेट लोन लिँदा ३ वर्षसम्मको लागि १२.५० प्रतिशत, ३ वर्षदेखि ५ वर्षका लागि १३.५० प्रतिशत, ५वर्षदेखि १० वर्षसम्मका लागि १४ प्रतिशत ब्याज लाग्नेछ ।


क्लिकमान्डु