एभरेष्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । एभरेष्ट बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
हाल बैंकले २८ प्रकारका बचत खाता सञ्चालमा ल्याएको छ । जसमा बैंकले न्यूनतम २ प्रतिशतदेखि ४ प्रतिशत ब्याज दिने भएको छ । जसका लागि विभिन्न खातामा न्यूनतम बचत हुनुपर्ने समेत बैंकले बताएको छ ।
त्यसैगरी बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ५ प्रतिशतदेखि ७ प्रतिशतसम्म र संस्थागतर्फ ५.५० प्रतिशतदेखि ६.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । त्यसैगरी बैंकले इन्स्टिच्युसनल ब्लक फिक्स डिपोजिट र स्पेसल फिक्स्ड डिपोजिटमा ६.५० प्रतिशत ब्याज दिने भएको छ ।
बैंकले विभिन्न प्रकारका कर्जामा न्यूनतम ७.९८ प्रतिशतदेखि अधिकतम ११.७३ प्रतिशतसम्म ब्याददर कायम गरेको छ । बैंकले हायर पर्चेज लोनमा न्यूनतम ९.२३ प्रतिशतदेखि अधिकतम ११.७३ प्रतिशतसम्म ब्याज लिने भएको छ ।