सनराइज बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कुनमा कति ?



काठमाडौं । सनराइज बैंकले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७ प्रतिशत छ । यस्तै संस्थागततर्फ ३ महिनादेखि १ वर्षसम्मका लागि न्यूनतम ६.५० प्रतिशतदेखि अधिकतम ६.६०, साथै १ वर्षदेखि ५ वर्षका लागि ७ प्रतिशतदेखि ७.१० प्रतिशतसम्म, ५ वर्षदेखि १० वर्षसम्मका लागि ८ प्रतिशतदेखि ८.१० प्रतिशत र १० वर्षभन्दा माथिका लागि ९ प्रतिशतदेखि ९.१० प्रतिशतसम्म ब्याज रहेको छ ।

त्यस्तै बैंकले बचतमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ३.५० प्रतिशतसम्म ब्याज दिने भएको छ । हाल बैंकले २२ वटा बचत खाता सञ्चालनमा ल्याएको छ ।

कात्तिक मसान्तसम्मको बैंकको आधारदर ७.५१ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिनेले १३.५१ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ ।

बैंकबाट रियल स्टेट, डिमान्ड, टर्म, होम लोन, शैक्षिक धितोकर्जा, कृषिलगायत कर्जा लिँदा १३.५१ प्रतिशत ब्याज तिर्नुपर्ने छ ।

त्यस्तै बैंकले कर्जातर्फ फिक्स्ड ब्याजदर योजना पनि ल्याएको छ । जसमा ५ वर्षसम्मका लागि घर कर्जा लिँदा १०.५० प्रतिशतसम्म, ५ वर्षदेखि १० वर्षसम्मका लागि ११ प्रतिशतसम्म र १० वर्षदेखि १५ वर्षका लागि घर कर्जा लिँदा ११.५० प्रतिशत ब्याज लाग्ने छ ।

त्यस्तै शैक्षिक कर्जा लिँदा ५ वर्षसम्मका लागि ११ प्रतिशत र ५ देखि १० वर्षसम्मको कर्जा लिँदा ११.५० प्रतिशत र १० वर्षदेखि १५ वर्षसम्मको शैक्षिक कर्जा लिँदा १२ प्रतिशत ब्याज लाग्ने छ ।

बैंकबाट कमर्शियल अटो लोन लिँदा ५ वर्षका लागि ११ प्रतिशत र ५ वर्षदेखि ८ वर्षसम्मका लागि ११.५० प्रतिशत ब्याज लाग्ने छ । यता कस्टमरतर्फ ५ वर्षसम्मका लागि १०.७५ प्रतिशतसम्म र ५ वर्षदेखि ८ वर्षसम्मका लागि ११.५० प्रतिशत ब्याज लाग्नेछ ।


क्लिकमान्डु