नेपाल बैंकले घर र गाडी किन्न ८.३६ प्रतिशत ब्याजदरमै ऋण दिने



काठमाडौं । नेपाल बैंकले घर र गाडी किन्नका लागि न्यूनतम ८.३६ प्रतिशत ब्याजदरमै ऋण दिने भएको छ । बैंकले मंगलबार सार्वजनिक गरेको नयाँ ब्याजदरमा न्यूनतम ७.८६ प्रतिशतमै शैक्षिक कर्जा दिने उल्लेख गरेको छ ।

बैंकको असोजमा बेसरेट ६.८१ प्रतिशत छ भने स्प्रेड रेट ४.३७ प्रतिशत छ ।

जसमध्ये अटो लोन न्यूनतम ८.२६ प्रतिशतदेखि १०.९७ प्रतिशत, होम लोन न्यूनतम ८.२६ प्रतिशतदेखि अधिकतम१०.४७ प्रतिशत ब्याजदरमा उपलब्ध गराउने भएको छ । त्यसैगरी शैक्षिक कर्जामा ७.८५ प्रतिशतदेखि ११.८३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

बैंकले विभिन्न २५ प्रकारका बचत खातामा न्यूनतम २ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछ भने मुद्दति निक्षेपमातर्फ ५.५० प्रतिशतदेखि ७ प्रतिशत ब्याज दिनेछ ।


क्लिकमान्डु