सिद्धार्थ बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन ऋण लिँदा कति लाग्छ ब्याज ?



काठमाडौं । सिद्धार्थ बैंकले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंगलबार नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६ प्रतिशतदेखि ७.५ प्रतिशतसम्म ब्याजदर दिने भएको छ भने संस्थागततर्फ न्यूनतम ५.५ प्रतिशतदेखि ७.१ प्रतिशतसम्म ब्याजदर दिने भएको छ ।

हाल बैंकले १७ प्रकारका बचत खाता सञ्चालन गरेको छ । जसमा बैंकले न्यूनतम २ देखि ४ प्रतिशतसम्म ब्याजदर दिने उल्लेख गरेको छ । त्यसैगरी बैंकले विदेशी मुद्राको बचतमा ०.५ प्रतिशतदेखि २ प्रतिशतसम्म ब्याजदर दिने भएको छ ।

त्यसैगरी लोनतर्फ पनि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकको कात्तिक महिनामा बेसरेट ७.९८ प्रतिशत छ भने स्प्रेड रेट ३.८९ प्रतिशत छ । जसमा बैंकले ओभरड्राफ्ट, वर्किङ क्यापिटल, सर्ट टर्म, होम लोन, अटो लोन, एजुकेशन, प्रोफेसनल, मोर्टेज जस्त कर्जामा बेसरेटमा अधिकतम ५ प्रतिशतसम्म ब्याजदर लिनेछ ।

बैंकले विभिन्न प्रकारका ऋण लिँदा बेसरेटमा न्यूनतम ३.५ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर थप गरी लिनेछ ।

बैंकले निश्चित ब्याजदरको हकमा होम लोनका लागि समय अनुसार १ करोड ५० लाख रुपैयाँसम्मको ऋणमा ८.४९ प्रतिशतदेखि ९.९९ प्रतिशत, त्यसभन्दा माथिको कर्जामा ८.४९ प्रतिशतदेखि १०.४९ प्रतिशतसम्म लिने भएको छ । त्यसैगरी गाडी खरिद गर्नका लागि निश्चित ब्यादरमा ५ वर्षसम्मका लागि ९.४९ प्रतिशत र ५ वर्षभन्दा माथिको समयका लागि लिइने ऋणमा ९.९९ प्रतिशत ऋण दिने भएको छ ।


क्लिकमान्डु