एनएमबि बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुनमा कति ब्याजदर ?



काठमाडौं । एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जस अन्तर्गत बैंकले मद्दति निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

त्यसैगरी संस्थागततर्फ नयाँको हकमा न्यूनतम ६.७५ प्रतिशतदेखि ८ प्रतिशतसम्म र नवीकरणको हकमा ६.३५ प्रतिशतदेखि ८ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।

बैंकले २२ प्रकारका बचत खाता सञ्चालमा ल्याएको छ । जसमा बैंकले न्यूनतम ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले एनएमबि मेरो क्रमिक खातामा (रिक्वयुरिङ डिपोजिट)मा ८ प्रतिशतको ब्याजदर सार्वजनिक गरेको छ ।

ऋणतर्फ
एनएमबि बैंकले विभिन्न लोन प्रडक्टहरुमा बेसरेटमा न्यूनतम २ देखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले अटो कर्जा, शैक्षिक कर्जा, होम कर्जामा बेसरेटमा न्यूनतम १ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर तोकेको छ । बैंकको कात्तिक महिनासम्मको बेसरेट ७.२६ प्रतिशत छ ।

बैंकले फिक्स्ड ब्याजदरमा कर्जा लिनेको हकमा इनर्जी ब्राउन फिल्ड प्रोजेक्टमा न्यूनतम ९.४५ प्रतिशतदेखि १०.९५ प्रतिशतसम्म तोकिएको छ भने प्रोजेक्ट फाइनान्सिङको हकमा समयका आधारमा ९.२५ प्रतिशतदेखि १२ प्रतिशतसम्म ब्याजदर तोकिएको छ ।


क्लिकमान्डु