सनराइज बैंकले ८.२८ प्रतिशत लाभांश दिने
काठमाडौं । सनराइज बैंकले ८.२८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको ३६१औं सञ्चालक समितिको बैठकले सो लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । बैंकको साधारणसभा अगामी पुस २४ गते आम्रपाली बेङ्कक्वेट बालुवाटारमा भर्चुअल माध्यमबाट हुनेछ । साधारणसभा र लाभांश वितरणका लागि बैंकले पुस ७ गते बुक क्लोज गर्ने उल्लेख गरेको छ ।
प्रस्तावित लाभांश गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ५.८० प्रतिशत अर्थात् ५२ करोड १ लाख ३३ हजार ६३ रुपैयाँ बरारबरको बोनस सेयर र २.४८ प्रतिशत अर्थात् २२ करोड २५ लाख ३३ हजार ६३ रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको छ ।
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९६ करोड ७२ लाख रुपैयाँ छ । बोनश सेयर जारी गरेपछि बैंकको चुक्ता पुँजी ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ पुग्ने जनाइएको छ ।