सनराइज  बैंकको ५४औं शाखारहित बैंकिङ्ग सेवा बझाङको राजकोटमा



काठमाडौं । सनराइज  बैंक लिमिटेडले बझाङ जिल्लाका जयपृथ्वी नगरपालिका–३, राजकोटमा शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।

सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५४ पुगेको छ । बैंकले जयपृथ्वी नगरपालिका वडा नं ३, राजकोटमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा विष्णुबहादुर खड्कालार्ई नियुक्त गरेको छ ।

बिहीबारमा आयोजित कार्यक्रममा प्रमुख अतिथिमा पांण्डु माध्यमिक विद्यालय, पडेश, राजकोटका प्रधानाध्यापक राम बहादुर ऐडीको उपस्थिती थियो ।

कार्यक्रममा चैनपुर शाखाका अपरेशन इन्चार्ज नवराज रोकाया र अन्य कर्मचारीहरुको समेत उपस्थिति थियो ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्डमार्फत् कारोबार गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवाबाट ग्राहकवर्गले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा शुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सनराइज  बैंकले १३९ वटा शाखा, ५४ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटीएममार्फत् आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु बिस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा सञ्चालन गर्दै जाने योजना रहेको जनाएको छ ।


क्लिकमान्डु