माछापुच्छ्रे बैंकले शुरु गर्यो थप ६ शाखारहित बैंकिङ सेवा



काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले स्याङजा जिल्लाको पुतलिबजार नगरपालिका-१२, पेल्काचौर, कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका-०१, शिवपुर, कपिलवस्तु जिल्लाकै बुद्धभूमि नगरपालिका-०९, बिजगौरी, कञ्चनपुर बेलौरी नगरपालिका-०३, गोकुलपुर, दार्चुला जिल्लाको व्यास गाउँपालिका-०६, हुटी र जिल्लाकै मलिकार्जुन गाउँपालिका-०६, उकुमा थप ६ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखारहित बैंकिङ सेवामार्फत् सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भएसँगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखारहित बैंकिङ  सेवा १४१ पुगेको छ ।

ग्राहक सेवा केन्द्रकारुपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउँदै आएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६० वटा शाखालगायत १४१ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ३०१ स्थानवाट ग्राहकमाझ सम्पूर्ण बैंकिङ सुविधा प्रदान गर्नुका साथै, बैंकको देशभर २०० वटा एटीएममार्फत् ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।


क्लिकमान्डु