विभिन्न आयोजनाका लागि १५ अर्ब ३४ करोड सहुलियत ऋण लिने सरकारको निर्णय



काठमाडौं । सरकारले विभिन्न आयोजनाका लागि १५ अर्ब ३४ करोड सहुलियत ऋण स्वीकार गर्ने निर्णय गरेको छ । बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पार्वत गुरुङले उक्त जानकारी दिए ।

अर्थमन्त्रालयको प्रस्तावमा प्राथमिकता प्राप्त नदि, बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ४० मिलियन डलर अर्थात् ४ अर्ब ७७ करोड सहुलियतपूर्ण ऋण र अमेरिकी डलर १० मिलियन अर्थात् १ अर्ब १९ करोड रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

त्यसैगरी ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन गर्न विश्व बैंकबाट प्राप्त हुने अमेरिकी डलर ८० मिलियन डलर अर्थात करिब ९ अर्ब ३८ करोड सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।


क्लिकमान्डु